४ पुस २०८२, शुक्रबार | December 20, 2025

पाल्पा जिप दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ५ पुग्यो



पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिका-८, सत्यवती केवँरेछेडामा आइतबार बेलुकी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

दुर्घटनामा ११ जना घाइते भएका थिए । दुर्घटनामा मृत्यु हुनेहरुको सनाखत भएको पाल्पा प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृत्यु हुनेहरुमा अर्घाखाँची पाणिनी गाउपालिकाका जन प्रतिनिधि ४४ वर्षीय विजय पोखरेल, पाणिनी १ की ६५ वर्षिया स्यामकला परीवार, २६ वर्षिय चालक रमेश बिक, अर्घाखांची पाणिनी २ पोखरा थोककी २५ वर्षिया सिता गौतम र २ वर्षिय नावालक संयोग गौतम रहेका छन् । नावालक गौतम र जनप्रतिनिधि पोखरेलको बुटवलको चौराह हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएकाहरुको बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पताल, चौराहा अस्पताल र भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ । प्रहरीका अनुसार प्रादेशिक अस्पताल बुटवलमा पाणिनी १ का वर्ष ६६ का राम बहादुर बिक, वर्ष ६ का संयोग गौतम, वर्ष ५ की पर्थिस्ती पोख्रेल, जिल्ला गुल्मी रुरु बलेटक्सार बस्ने वर्ष ९ को सार्थक जवाली र पाणिनी १ बस्ने वर्ष २० को सोलिन परीयार उपचाररत रहेका छन् ।

त्यसैगरि बुटवल स्थित चौराहा अस्पतालमा वर्ष ४० को हरी गौतमको उपचार भइरहेको छ भने भैरहवा मेडिकल कलेजमा अर्घाखाँची छत्रदेव ४ धरमपानी बस्ने वर्ष ७ को समिर पाण्डे, वर्ष १० को अनुप सोमरे, पाल्पा तिनाउ ३ डोभान बस्ने वर्ष ५ की आर्या भण्डारी र आर्याकी आमाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०८०, सोमबार  ८ : ५३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको