२५ फाल्गुन २०८२, सोमबार | March 9, 2026

सांसदले प्रधानमन्त्री ‘भैंसी चढेर आए’ भनेपछि संसदमा हंगामा



काठमाडौं । रास्वपा सांसद शिशिर खनालले भारत भ्रमण पूरा गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भैंसी चढेर स्वदेश फर्र्र्किएको बताएपछि संसदमा हंगामा भएको छ ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमणबारे जानकारी दिए । यसपछि प्रश्नोत्तर कार्यक्रमअनुसार रास्वपा सांसद खनालले प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणबाट आउँदा पोखरा विमानस्थलमा अवतरण गर्नुहोला भनेको त भैंसी चढेर आउनु परेको भनेपछि माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले नियमा आपत्ति जनाए । उनले अमर्यादित शब्द रेकर्डबाट हटाउन माग गरे ।

यसपछि एमालेसहितका सांसदहरु उठेर विरोध जनाए । यसपछि सत्तापक्ष र प्रतिपक्षी सांसदहरुले एकअर्काविरुद्ध हुटिङको शैलीमा प्रस्तुत भए ।

यसपछि सभामुख देवराज घिमिरेले ‘भैंसी चढेर आए’ भन्ने शब्द रेकर्डबाट हटाउन संघीय संसद सचिवालयलाई निर्देशन दिए । यसपछि सत्तापक्षका सांसदले टेबुल ठोकेर स्वागत गरे भने प्रतिपक्षी सांसदले आपत्ति जनाए ।

प्रकाशित मिति : २२ जेष्ठ २०८०, सोमबार  १ : २६ बजे

स्पेस टेक्नोलोजीमा चीनको कदम : लङ मार्च–८ए वाई८ रकेट प्रक्षेपण तयारीमा

बेइजिङ । चीन अकादमी अफ लन्च भेइकल टेक्नोलोजीले विकास गरेको

गैरनेपाली नागरिकसँग आर्थिक कारोबार नगर्न सहकारी संस्थालाई कामपाको आग्रह

काठमाडौं । काठमाडौं महानगरपालिकाले गैरनेपाली नागरीसँग आर्थिक कारोबार नगर्न सहकारी

राष्ट्रियसभाका १८ नयाँ सांसदले लिए पद तथा गोपनीयताको शपथ (तस्वीरसहित)

काठमाडौं । माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित

बाँकेमा १३ हजार ४४२ मत बदर

नेपालगन्ज । बाँकेमा कूल १३ हजार ४४२ मत बदर भएको

गुल्मीको बडिगाड खोलामा डुबेर एक युवकको मृत्यु

गुल्मी । माछा मार्ने क्रममा गुल्मीको बडिगाड खोलामा डुबेर एक