१३ भदौ २०८३, शनिबार | August 29, 2026

‘भैँसी चढेर आउनु परेको’ भन्ने शब्द संसद्को रेकर्डबाट हटाइयो



काठमाडौं । प्रतिनिधिसभाको रेकर्डबाट प्रधानमन्त्री भारत भ्रमणबाट भैँसी चढेर आउनु परेको भन्ने शब्द हटाइएको छ । बैठकमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले उक्त शब्द हटाउन सचिवालयका कर्मचारीलाई निर्देशन दिएका हुन ।

बैठकमा सार्वजनिक महत्वको विषयमा जानकारी दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमणका विषयमा सदनलाई जानकारी गराएका थिए ।

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको जानकारीपछि थप प्रष्टीकरण माग गर्ने क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले प्रधानमन्त्री भारत भ्रमणबाट फर्किंदा भैँसी चढेर आउनु परेको भन्ने शब्दप्रति अभिव्यक्ति दिएपछि सत्तापक्षका सांसदहरुले नियमापत्ति गरेका थिए ।

खनालले भनेका थिए, “प्रधानमन्त्रीज्यूको भारत भ्रमणका क्रममा हामी चाहन्थ्यौँ, उहाँ आफैले हालै उद्घाटन गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आउनुहोला, दुर्भाग्यवश भैँसी चढेर आउनु परेका कुराहरु आएँ ।” त्यसपछि सभामुख घिमिरेले उक्त शब्दावलीलाई संसद्को रेकर्डबाट हटाउन निर्देशन दिएका थिए ।

त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले पनि प्रधानमन्त्रीले समेत जवाफ दिने क्रममा सो शब्द उच्चरण गरेको भन्दै सो पनि हटाउन माग गरेका थिए । केही बेरको अवरोधपछि सभामुख घिमिरले भैँसी चढेर आएको भन्ने शब्द जोसुकैले प्रयोग गरेको भए पनि रेकर्डबाट हटाउन रुलिङ गरेका थिए ।

त्यसपछि सदन फेरि सञ्चालन भएको छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०८०, सोमबार  २ : २४ बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडौँ । रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

बाढीले देश रोईरहेका बेला मन्त्रीहरू भोजमा ब्यस्त…

काठमाडौँ । त्रिशुली नदीमा आएको बाढीका कारण देश आहतमा छ।

रसुवा बाढी : हालसम्म ५ सय ५३ जनाको मृत्यु भएको पुष्टि

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण शुक्रबार दिउँसो १७ः००

लुम्बिनी प्रदेश सरकारले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

दाङ । लुम्बिनी प्रदेश सरकारले रसुवा लगायतका जिल्लामा आएको बाढीबाट

बाढी प्रभावित प्रत्येक नागरिकसम्म राज्य पुग्छ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित