८ चैत्र २०८२, आइतबार | March 22, 2026

बुटवलमा घर फोडेर गरगहना र नगद चोरी गर्ने दुई जना पक्राउ



बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले घर फोडेर सुनका गरगहँना तथा नगद चोरी गर्ने दुई युवालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरुलाई आइतबार प्रकाउ गरी अनुसन्धान अघि बढाएको हो ।

पक्राउ पर्नेमा बुटवल-१७ रानीगञ्ज बस्ने २१ वर्षीय विजय परियार र सोही ठाउँका २२ वर्षीय सुरज घर्तीमगर रहेका छन् ।

जेष्ठ १९ गते बुटवल उपमहानगरपालिका-१७ नानीगञ्जमा बस्ने गिता पाण्डेको घरको भित्ता फोडी उनीहरुले सुनका बाला, चन्द्रमा, झुम्का तथा नगद चोरी गरेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

बुटवल–१७ रानीगंज स्थित पुलमा शंकास्पद अवस्थामा बसिरहेको अवस्थामा प्रहरीले उनीहरुलाइ पक्राउ गरेको थियो । उनीहरुको साथबाट चोरी भएको सुनका केही गरगहना र नगद २५ हजार रुपैया समेत फेला पारिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०८०, सोमबार  ६ : ४८ बजे

सिंहदरबार सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा बैठक

काठमाडौं । सिंहदरबार सुरक्षा प्रवन्धका लागि गृहमन्त्री ओमप्रकाश अर्यालको अध्ययक्षता

देशभरिका निजी अस्पतालको सर्वेक्षण गरिँदै

काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को

क्षितिज थापालाई ‘मिस्टर रामपिथेकस २०८२’ उपाधि

बुटवल । बुटवलमा सम्पन्न ‘मिस्टर रामपिथेकस राष्ट्रव्यापी शारीरिक सुगठन तथा

पाल्पाको तिनाउ ड्याममा डुबेर दुई भारतीय किशोर बेपत्ता

बुटवल । पाल्पाको तिनाउ ड्याम साइटमा डुबेर दुई जना भारतीय

नेप्से परिसूचकमा उच्च अङ्कको उछाल

काठमाडौं । साताको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)