३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

बुटवलबाट मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ, ६ थान मोटरसाइकल बरामद



बुटवल । बुटवलबाट बिभिन्न समयमा हराएका मोटरसाइकल चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । बुटवल र त्यस आसपासबाट मोटरसाइकल चोरी गर्ने गिरोहको ७ जनालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुबाट ६ थान चोरी भइका मोटरसाइकल बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा रुपन्देही सैनामैना नगरपालिका वडा नं.५ का १८ वर्षिय राजु थारु, सोही स्थानका १९ वर्षिय अमित भन्ने जंग बहादुर थारु, २० वर्षिय सुदिप थारु, वडा नम्बर ४ का १९ वर्षिय गणेश थारु, १८ वर्षिय निम बहादुर थारु, १९ वर्षिय बिक्की नाउ र १८ वर्षिय बिनोद हरिजन रहेका छन् ।

रुपन्देहीको बुटवल उपमहानगरपालिका, सैनामैना नगरपालिका, तिलोत्तमा नगरपालिका अन्तरगत विभिन्न स्थानहरुबाट सवारी साधनहरु(मोटर साईकल र स्कुटर) चोरी भएको सन्दर्भमा इलाका प्रहरी कार्यालय बुटवल, वडा प्रहरी कार्यालय बुटवल रामनगर, इलाका प्रहरी कार्यालय रन्यौरा(मुर्गिया)बाट चोरी भएका सवारी साधनहरु र चोरी गर्ने व्यक्तिहरुलाई खोजतलासको लागी खटाइएको संयुक्त प्रहरी टोलीले चोरीमा संलग्न ७ जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी बिजय पण्डीतले बताए ।

उनीहरुबाट चोरी भएका ६ थान मोटरसाईकल सहित रुपन्देही जिल्ला अदालतबाट म्यादथप गरी अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ माघ २०८१, शुक्रबार  ६ : २५ बजे

पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी शुद्धीकरण, सुदृढीकरण,

बालुवामा पुरिएर मजदुरको मृत्यु

दाङ । एस्काभेटरले फालेको बालुवामा पुरिएर एक जना मजदुरको मृत्यु

आर्थिक तथा प्राविधिक अभाव हुँदा करोडौँका डायलासिस मसिन प्रयोगविहीन

नवलपरासी । भौतिक संरचना र प्राविधिक अभाव हुँदा करोडौँ मूल्यका

नक्खु कारागारबाट फरार कैदी सिन्धुपाल्चोकबाट पक्राउ

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा ललितपुरको नक्खु कारारागारबाट फरार भएका

भित्तेचित्रले बदलिँदै नेपालगन्जको रूप

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले सहरका सरकारी तथा सार्वजनिकस्थलको सुन्दरता बढाउन