१३ भदौ २०८३, शनिबार | August 29, 2026

आजको मौसम : मध्य तथा पूर्वी तराइका भू-भागहरूमा अत्याधिक गर्मी र लु चल्ने



काठमाडौं । हाल देशमा  पश्चिमी  वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा  रहेको छ ।

दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदुर पश्चिम प्रदेशका पहाडी भू-भागका केही तथा बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।

राती भने देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागको ‍एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।

विशेष गरी मध्य तथा पूर्वी तराइका भू-भागहरूमा अधिकतम र न्यूनतम तापक्रम केही दिन नघट्ने देखिन्छ, जसका कारण सो भू-भागहरूमा तातो हावा र लू चलिरहेको अवस्था छ ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागका केही तथा बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।

साथै कोशी तथा मधेश प्रदेशका तराईका एक-दुई स्थानहरुमा हावाहुरीको समेत सम्भावना रहेको छ । तसर्थ, अत्याधिक गर्मी, मेघ गर्जन र चट्याङ्ग तथा हावाहुरी बाट हुन सक्ने जोखिम वा क्षति बाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

प्रकाशित मिति : २३ जेष्ठ २०८०, मंगलबार  ६ : ३१ बजे

भोटेकोशीमा बाढीको जोखिम कायमै

काठमाडौं । जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले

बाढी र लेदो पन्छाएपछि काठमाडौं-मुग्लिन सडक सञ्चालनमा

काठमाडौं । बाढी र लेदोका कारण प्रभावित पृथ्वी राजमार्गअन्तर्गत काठमाडौं-मुग्लिन

नेपाल ‘ए’ भिक्टोरियाविरुद्ध सुखद अन्त्यको खोजीमा

काठमाडौं । अष्ट्रेलियामा जारी तेस्रो संस्करणको टप एण्ड टी-२० सिरिजमा

गाईजात्रामा भक्तपुरका पूर्व फर्केका नौ ढुङ्गेधारा खोज्दै नयाँ पुस्ता

भक्तपुर । भक्तपुरको सापारु अर्थात् गाईजात्रामा धेरैले घिन्ताङघिसी, तहामचा (ताहासा)

पोखरामा भेलले बगाउँदा आमाछोरीको मृत्यु

कास्की । पोखराको मुख्य बजार क्षेत्रमा शुक्रबार साँझ परेको भारी