६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

संसदका दुवै सदनको बैठक बस्दै, बजेटमाथिको छलफल जारी



काठमाडौं । संघीय संसद् अन्तर्गत दुवै सदनको बैठक आज बस्दैछ । जसअनुसार प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज एकै पटक बस्न लागेको हो । बैठक बिहान ११ बजेबाट सुरु हुनेछ ।

आजको बैठकमा सरकारले हालै प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि छलफल हुनेछ । हिजोबाट सुरु भएको बजेटमाथिको छलफलले आज पनि निरन्तरता पाउने भएको हो ।

सरकारले प्रस्तुत गरेको बजेट माथि प्रतिनिधिसभा सदयस्यहरूले आ-आफ्नो धारणा राख्नेछन् । गत जेठ १५ गते संसद्मा प्रस्तुत भएको राजस्व र व्ययको वार्षिक अनुमानमाथि हिजोबाट सदनमा छलफल प्रारम्भ भएको हो ।

सो अघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको विषयलाई लिएर गत आइतबार संसद अवरुद्ध भएको थियो भने बंगलादेश जाने मार्गका लागि कालापानी साटफेर गर्ने विषयमा प्रधानमन्त्री प्रचण्डसँग प्रमुख प्रतिपक्ष दललगायतले जवाफ माग गरे पछि बजेट माथिको छलफल सहज तरिकाले अघि बढन सकेको थिएन ।

तर, सोमबार प्रधानमन्त्री प्रचण्डले जवाफ दिईसकेकाले बजेटमाथिको छलफलले निरन्तरता दिन लागिएको हो ।

प्रकाशित मिति : २३ जेष्ठ २०८०, मंगलबार  ६ : ३५ बजे

बुटवलमा भोलिदेखि लुम्बिनी प्रदेश स्तरीय दोहोरी खेल प्रतियोगिता सुरु

बुटवल । लोक दोहोरी गीत प्रबद्र्धन गर्ने उद्देश्य सहित भोलिदेखि

जसपा छाडेका सांसदलाई विश्वासको मत दिनबाट रोक्न उपेन्द्र पुगे सर्वोच्च

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री

कार्यदलको बैठकमा सहमति जुटेन

काठमाडौं । सहकारी प्रकरण छानबिन गर्न बन्न लागेको संसदीय छानबिन

भरतपुरमा सात वर्षमा सात सय किलोमिटर सडक कालोपत्र

चितवन । कुनै बेला भरतपुर महानगरपालिकाका सडकमा गहिरा खाल्डा थिए