७ आश्विन २०८३, बुधबार | September 23, 2026

भिरबाट लडेर मृत्यु



सिमकोट । हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिका-१ मा भिरबाट लडेर २४ वर्षीय गौरीलाल दानीको मृत्यु भएको छ ।

आइतबार दिउँसो कल्खे गाउँमा दसरा मेला हेरेर दोमुुख फर्कंने क्रममा लौठारुख भिरबाट लडेर अदानचुली-१ कल्खे गाउँका दानीको मृत्यु भएको श्रीनगर प्रहरीचौकीका सहायक प्रहरी निरीक्षक कृष्णबहादुर बुढाले बताए ।

कल्खेबाट फर्केको व्यक्ति राति अबेरसम्म दोमुखको होटलमा नपुुगेपछि परिवारका अन्य सदस्यले दानीको सोधखोज गरेका थिए । सोमबार बिहानै खोजीमा जाने क्रममा दानी मृतावस्थामा दोमुख नजिक भेटिएको स्थानीय परबहादुर थापाले बताए । दानीले दोमुखमा होटल सञ्चालन गर्दै आएका थिए । दसरा पूर्णिमाको दिन कल्खे गाउँमा देउडा गीत प्रतियोगिता आयोजना गरिएको थियो ।

प्रकाशित मिति : २३ जेष्ठ २०८०, मंगलबार  ९ : ५३ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई