१५ बैशाख २०८१, शनिबार | April 27, 2024

अव श्रम स्वीकृति खजुरा गाउँपालिकाबाटै, ८ जनाले लिए पहिलो दिनमै श्रम स्वीकृति



खजुरा । बैदेशिक रोजगारीमा जानेहरुका लागि अजदेखि प्रदेश राजधानी वा संघीय राजधानी जान नपर्ने भएको छ । सरकारले स्थानीय पालिकालाई श्रम स्वीकृतिको अधिकार दिएसँगै बाँकेको खजुरा गाउँपालिकाले वैदेशिक रोजगारमा जानेका लागी श्रम स्वीकृत दिन सुरु गरेको छ । श्रम स्वीकति सुरुगरेसँगै बांकेमा खजुरा गाँउपालिका श्रम स्वीकृति दिने पहिलो पालिका बनेको छ ।

पालिकाका सोमबारदेखि श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति दिन सुरु गरेको हो । वैदेशिक रोजगारमा जान चाहने स्थानीय नागरिकले गाउँपालिकाको रोजगार शाखाबाट श्रम स्वीकृति लिन सक्ने गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका ८ युवाले पालिकाबाट पहिलो दिनमै श्रम स्वीकृति लिएका छन् । खजुरा गाउँपालिका वडा नम्बर २ का प्रदिप बुढा क्षेत्री,वडा नम्बर २ का दामोदर महतरा,वडा नम्बर ५ का राजेश गुरुङ, वडा नम्बर ३ का खिम बहादुर वली, वडा नम्बर २ का टिकाराम सिंह ठकुरी, बिजय गिरीले श्रमस्वीकृति लिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले जानकारी दिए ।

सुबेदीका अनुसार गाउँपालिकाको रोजगार शाखामा आवेदन गरी श्रम स्वीकृत तथा पुनः श्रम स्वीकृत लिन सकिने बताए । ‘विगतमा श्रम स्वीकृत लिन काठमाडौं पुग्नुपर्ने बाध्यता थियो । तैपनि, समयमा काम नहुने, खर्च बढी हुनेलगायतका थुप्रै समस्याबीच वैदेशिक रोजगारमा जानुपर्ने बाध्यता थियो,’ उनले भने ‘जब सरकारले श्रमस्वीकृत स्थानीय तहबाट समेत प्रदान गर्न सकिने प्रावधान ल्यायो, त्यसैबेला देखि हाम्रो पालिकाले समेत काम अघि बढाएको हो ।’

स्थानीय सरकारबाटै श्रम स्वीकृति पाएपछी आफुहरुले ठूलो सुविधा पाएको श्रम स्वीकृति लिने सेवाग्राहीले बताएका छन् । ‘पहिले यो श्रम स्वीकृत लिन काठमाडौं जानुपथ्र्यो, त्यहाँ होटेलमा बस्न, आउन, जान गाडीभाडा लगायत धेरै खर्च हुन्थ्यो, ‘उनीहरले भने, ‘खर्च भए पनि समयमा काम नहुने, विभिन्न प्राविधिक कारण देखाएर काम नगरिदिनेलगायतका धेरै समस्या झेल्नुपर्ने बाध्यता थियोे, अब घरछेउको गाउँपालिकाबाटै श्रम स्वीकृत पाउँदा निकै खुसी लागेको उनिहरुले बताए  ।’

प्रमुख प्रशासकीय अधिकृत सुवेदीले सरकारी व्यवस्थाअनुसार वैदेशिक रोजगारलाई थप व्यवस्थित, सुरक्षित, भरपर्दो र सहज बनाउन स्थानीय तहबाटै उक्त व्यवस्था सुरु गरिएको बताए । खजुरा गाउँपालिकाले कुनैपनि वैदेशिक रोजगारमा अलपत्र परेका,दुर्घटना परेर अङ्गभङ्ग भएका, मृत्यु भएका व्यक्तिहरुलाई पालिकाबाट सहजिकरण तथा सेवा प्रदान गर्दै आएको छ ।

१६ चैतमा नेपाल सरकार (प्रधानमन्त्री तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय)को मन्त्रीस्तरीय निर्णयबाट वैदेशिक रोजगारमा जान चाहने नागरिकले सम्बन्धित स्थानीय तहबाटै श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति लिनसक्ने निर्णय भएको थियो । वैदेशिक रोजगार ऐन तथा वैदेशिक रोजगार नियमावलीमा भएको व्यवस्थाअनुसार वैदेशिक रोजगारमा जान चाहने हरेक नागरिकले अनिवार्य श्रम स्वीकृति लिनुपर्ने प्रावधान छ ।

सोहीअनुरुप सरकारले स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रलाई वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस)मा जोडेर विदेश जानका लागि अनलाइन आवेदन भर्न नसक्नेका लागि निःशुल्क रूपमा आवेदन भरिदिने व्यवस्था समेत गरेको छ ।

स्थानीय तहबाटै श्रम स्वीकृतका सेवा सुरु भएपछि वैदेशिक रोजगारीमा जान जाहने नेपाली श्रमिकलाई सुविधा हुने भएको छ ।

प्रकाशित मिति : २३ जेष्ठ २०८०, मंगलबार  ११ : २२ बजे

ढकमक्क ज्याकाराण्डा

काठमाडौं । काठमाडौंको कमलपोखरी परिसर छेउमा ढकमक्क फुलेको ज्याकाराण्डा फूल

बझाङमा उत्साहपूर्वक मतदान हुँदै

बझाङ । बझाङ प्रदेशसभा निर्वाचन ९१ ० मा मतदाता उत्साहपूर्वक

आइपिएलमा कोलकोतामाथि पञ्जाबको कीर्तिमानी जित

काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति

शान्तिपूर्ण रूपमा इलाम-२ मा मतदान सुरु

इलाम । इलाम क्षेत्र-२ मा मतदान सुरु भएको छ ।

नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी-२० सिरिजको पहिलो खेल आज

काठमाडौं । नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी-२० सिरिजको