९ श्रावण २०८३, शनिबार | July 25, 2026

नेपालीमा फैलँदै ग्रेटर नेपाल प्रतिको चेतना



बुटवल । भारतले सांस्कृतिक पहिचान भन्दै हालसालै ग्रेटर भारतको नक्सा संसदभवनमा राखेपनि नेपालमा भने बुटवल उपमहानगरले २ वर्ष अगाडी नै ग्रेटर नेपालको नक्सा जितगढी किल्लामा राखेर बहादुर नेपालको इतिहास उजागर गरिसकेको छ । भारतीय संसदमा ग्रेटर भारतको नक्सा राखेपछि भारतसँग सिमा जोडिएका नेपाल, पाकिस्तान र बंगलादेशमा त्यसको विरोध भईरहेको छ ।

भारतले पटक पटक इतिहासको स्मरण गर्न सांस्कृतिकरुपमा मात्र नक्सा राखिएको बताउँदै आएपनि छिमेकी तिनैवटा देशमा भारतीय कदमको विरोध भइरहेको छ । भारतीय संसदमा राखिएको नक्सामा नेपालको नक्साभित्र पर्ने कपिलवस्तु, लुम्बिनी जस्ता ऐतिहासिक सम्पदाहरु समेटिएको प्रति नेपालको असहमति रहँदै आएको छ भने त्यही प्रकृतिका नक्साका कारण बंगलादेश र पाकिस्तानमा पनि बिरोधका स्वरहरु आइरहेका छन् ।

बुटवल उपमहानगरपालिकाले भने आफ्नो गुरुयोजना अन्तर्गत नै पारेर कम्पनी फौजलाई पराजित गरेको जितगढी किल्लामा २ वर्ष पहिले नै ग्रेटर नेपालको नक्सा राखेको थियो । भारतीय कदम लगत्तै काठमाडौं महानगरका नगर प्रमुख बालेन्द्र शाहले पनि आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखिसकेका छन् ।

नेपालको गौरवमयी इतिहास झल्काउन र सर्वसाधारणलाई नेपालको प्राचिन भु-भाग चिनाउन जितगढीमा ग्रेटर नेपालको नक्सा राखिएको बुटवलका पूर्व नगर प्रमुख शिवराज सुबेदी बताउँछन् । त्यसो त ४० को दशक सम्म नेपाली सञ्चारगृह र गीतसंगीतको क्षेत्रमा ‘पुर्वमा टिस्टा पुगेथ्यौं, पश्चिम किल्ला काँगडा…’ भन्ने गीत बज्ने गर्दथ्यो । तर पछिल्लो समय त्यस्ता इतिहास झल्कने गीत बज्न छाडेका छन् ।

भारतीय पछिल्लो कदमले नेपालीहरुमा पनि राष्ट्रियताको चेतना जागेको छ । २ वर्ष अघि नै बुटवलले थालेको ग्रेटर नेपालको प्रचारलाई भारतीय कदमले थप उर्जा थपिदिएको छ । संसदमा बोल्दै कांग्रेस महामन्त्री गगन थापाले पनि नेपालको संसदमा ग्रेटर नेपालको नस्सा राख्न माग गरेका छन् ।

प्रकाशित मिति : २५ जेष्ठ २०८०, बिहिबार  ९ : ०६ बजे

प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

काठमाडौं । पूर्वी नेपालमा गुणस्तरीय, भरपर्दो र नियमित विद्युत् आपूर्ति

घुससहित भुमिगत जलस्रोत सर्लाहीकी प्रमुख ढकाल र अधिकृत चौधरी पक्राउ

सर्लाही । भूमिगत जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, सर्लाहीका डिभिजन

नेपालगन्जका विभिन्न चोकमा एकैदिन ६ वटा सालिकको अनावरण

नेपालगन्ज । नेपालगन्जको नगर क्षेत्रहरुमा रहेका बिभिन्न चोकहरुमा एकैदिन ६

गाभीले नेपालसँग खोपको रकम फिर्ता नमाग्ने

काठमाडौं । खोपका लागि ग्लोबल अलायन्स  (गाभी)ले नेपालसँग तीन लाख

अनसनरत डा. गोविन्द केसीलाई सेती प्रादेशिक अस्पताल लगियो

धनगढी। २४औँ सत्याग्रहमा रहेका प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या