३ पुस २०८२, बिहिबार | December 18, 2025

नेपालीमा फैलँदै ग्रेटर नेपाल प्रतिको चेतना



बुटवल । भारतले सांस्कृतिक पहिचान भन्दै हालसालै ग्रेटर भारतको नक्सा संसदभवनमा राखेपनि नेपालमा भने बुटवल उपमहानगरले २ वर्ष अगाडी नै ग्रेटर नेपालको नक्सा जितगढी किल्लामा राखेर बहादुर नेपालको इतिहास उजागर गरिसकेको छ । भारतीय संसदमा ग्रेटर भारतको नक्सा राखेपछि भारतसँग सिमा जोडिएका नेपाल, पाकिस्तान र बंगलादेशमा त्यसको विरोध भईरहेको छ ।

भारतले पटक पटक इतिहासको स्मरण गर्न सांस्कृतिकरुपमा मात्र नक्सा राखिएको बताउँदै आएपनि छिमेकी तिनैवटा देशमा भारतीय कदमको विरोध भइरहेको छ । भारतीय संसदमा राखिएको नक्सामा नेपालको नक्साभित्र पर्ने कपिलवस्तु, लुम्बिनी जस्ता ऐतिहासिक सम्पदाहरु समेटिएको प्रति नेपालको असहमति रहँदै आएको छ भने त्यही प्रकृतिका नक्साका कारण बंगलादेश र पाकिस्तानमा पनि बिरोधका स्वरहरु आइरहेका छन् ।

बुटवल उपमहानगरपालिकाले भने आफ्नो गुरुयोजना अन्तर्गत नै पारेर कम्पनी फौजलाई पराजित गरेको जितगढी किल्लामा २ वर्ष पहिले नै ग्रेटर नेपालको नक्सा राखेको थियो । भारतीय कदम लगत्तै काठमाडौं महानगरका नगर प्रमुख बालेन्द्र शाहले पनि आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखिसकेका छन् ।

नेपालको गौरवमयी इतिहास झल्काउन र सर्वसाधारणलाई नेपालको प्राचिन भु-भाग चिनाउन जितगढीमा ग्रेटर नेपालको नक्सा राखिएको बुटवलका पूर्व नगर प्रमुख शिवराज सुबेदी बताउँछन् । त्यसो त ४० को दशक सम्म नेपाली सञ्चारगृह र गीतसंगीतको क्षेत्रमा ‘पुर्वमा टिस्टा पुगेथ्यौं, पश्चिम किल्ला काँगडा…’ भन्ने गीत बज्ने गर्दथ्यो । तर पछिल्लो समय त्यस्ता इतिहास झल्कने गीत बज्न छाडेका छन् ।

भारतीय पछिल्लो कदमले नेपालीहरुमा पनि राष्ट्रियताको चेतना जागेको छ । २ वर्ष अघि नै बुटवलले थालेको ग्रेटर नेपालको प्रचारलाई भारतीय कदमले थप उर्जा थपिदिएको छ । संसदमा बोल्दै कांग्रेस महामन्त्री गगन थापाले पनि नेपालको संसदमा ग्रेटर नेपालको नस्सा राख्न माग गरेका छन् ।

प्रकाशित मिति : २५ जेष्ठ २०८०, बिहिबार  ९ : ०६ बजे

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको

रविलाई रिहा गर्न उच्च अदालतको आदेश, रुपन्देही अदालतमा कागज गरेपछि मात्र छुट्ने

लुम्बिनी ।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुर,

एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबार

काठमाडौँ, ३ पुसः नेपाल कम्युनिष्ट पार्टी (एमाले)को नवनिर्वाचित केन्द्रीय कमिटीको

एमाले नेतृत्वलाई छोएकै दिनदेखि देश ठप्प हुन्छ : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले एमाले

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत