५ श्रावण २०८३, मंगलबार | July 21, 2026

१३ वर्षमै यौन दुर्व्यवहार भोगेकी सोनम



मुम्बई । अभिनेत्री सोनम कपुर बलिउडकै सबैभन्दा स्टाइलिस्ट अभिनेत्रीमा पर्छिन् ।  अनिल कपुरकी छोरी सोनम निकै बिलासी जीवन बिताउँछिन् ।

सायद कमैलाई थाहा होला कि सोनमले १३ वर्षको उमेरमै यौन दुर्व्यवहार भोगेकी थिइन् । यो घटनाबाट उनी यति डराएकी थिइन् कि उनले आफूले नै गल्ती गरेको महशुस गरिन् । घटनाबारे उनले कसैलाई सुनाइनन् । यो कुराका खुलासा उनले हालै एक अन्तरवार्तामा गरेकी हुन् ।

‘जोकोही पनि बाल्यकालमा कहिले न कहिले यौन दुर्व्यवहारको शिकार हुन्छ । मलाई थाहा छ कि मैले पनि दुर्व्यवहार भोगेकी थिएँ । त्यो मेरा लागि ठूलो चोट थियो । यो बारेमा मैले दुई तीन वर्षसम्म कसैलाई बताइनँ । मलाई त्यो घटना अहिलेसम्म सम्झना छ’, उनले भनेकी छन् । सोनमका अनुसारा यो घटना मुम्बईको गाइट ग्यालेक्सी थिएटरमा भएको थियो । जहाँ उनी आफ्ना साथीहरुका साथ फिल्म हेर्न गएकी थिइन् ।

‘सबै मानिसहरु केही खानेकुरा किन्न बाहिर गएका थिए । त्यही बेला एक मानिस पछािडबाट आएर मेरो छाती थिच्यो । त्यो बेला म सानी थिएँ, मेरो आकृति थिएन । मेरो छाती थिचेपछि म कामें । मलाई थाहा थिएन कि यो के भइरहेको छ । त्यसपछि म भित्र गएर पुरै फिल्म हेरें । त्यो बेला मैले नै केही गल्ती गरेर यस्तो हो कि भन्ने भयो’, उनले भनेकी छन् ।

प्रकाशित मिति : २६ जेष्ठ २०८०, शुक्रबार  ८ : २६ बजे

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं

पूर्वप्रधानमन्त्री देउवा साउनभित्रै स्वदेश फर्किने, विज्ञप्ति जारी गर्दै भने – ‘प्रतिशोधात्मक राजनीति अस्वीकार्य’

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने

काठमाडौँ । ‘हेलो सरकार’मा प्राप्त हुने स्थानीय तहसम्बन्धी जनगुनासा मुख्यसचिवमार्फत