१ फाल्गुन २०८२, शुक्रबार | February 13, 2026

विदेशी विनिमय सञ्चिति २०.९ प्रतिशतले वृद्धि



काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी विनिमय सञ्चिति २०.९ प्रतिशतले वृद्धि भएको जनाएको छ ।

आर्थिक वर्ष २०७९/८० को १० महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिबारे शुक्रबार राष्ट्र बैंकले जारी गरेको विवरणअनुसार गत असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २०.९ प्रतिशतले वृद्धि भई गत वैशाख मसान्तसम्ममा १४ खर्ब ७० अर्ब ३३ करोड रुपैयाँ पुगेको छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०८० वैशाख मसान्तमा १७.६ प्रतिशतले वृद्धि भई ११ अर्ब २१ करोड कायम भएको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा १० खर्ब ५६ अर्ब ३९ करोड रहेकोमा गत वैशाख मसान्तमा २४.१ प्रतिशतले वृद्धि भई १३ खर्ब १० अर्ब ६६ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा १ खर्ब ५९ अर्ब ४१ करोड रहेकोमा २०८० वैशाख मसान्तमा ०.२ प्रतिशतले वृद्धि भई १ खर्ब ५९ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ । गत वैशाख मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.६ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०७९/८० को दश महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ११.२ महिनाको वस्तु आयात र ९.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ ।

गत वैशाख मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः २७.३ प्रतिशत, ८०.७ प्रतिशत र २५.० प्रतिशत रहेका छन्। २०७९ असार मसान्तमा यी अनुपातहरु क्रमशः २४.६ प्रतिशत, ५७.८ प्रतिशत र २२.१ प्रतिशत रहेका थिए ।

प्रकाशित मिति : २६ जेष्ठ २०८०, शुक्रबार  २ : ४८ बजे

नेकपा (माओवादी) रुपन्देहीले सार्वजनिक गर्यो चुनावी प्रतिवद्धतापत्र

बुटवल । नेकपा(माओवादी) रुपन्देहीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

कृषि क्रान्तिबाट अर्थतन्त्र सुधार सम्भव : रुपन्देही-२ मा काँग्रेस उम्मेदवार पौडेल

बुटवल । नेपाली काँग्रेसका तर्फबाट रुपन्देही क्षेत्र नं. २ का

युवाहरूमा राष्ट्रसेवाजस्ता गुणहरू विकास हुनु सकारात्मक : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विश्वव्यापी अवधारणाको रूपमा स्थापित राष्ट्रिय

अध्यागमन सुधारका प्रयास भइरहेको छ : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले अध्यागमन प्रशासनलाई सुव्यवस्थित बनाउन सरकारले

संघर्ष जारी छ, अब युद्ध उत्पादनका लागि हुन्छ : प्रचण्ड

रुकुम पूर्व। नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल