९ चैत्र २०८२, सोमबार | March 24, 2026

बुटवलमा १० वटा पसल अनुगमन गर्दा ६ वटा पसल न दर्ता न नविकरण



बुटवल । बुटवलमा १० वटा फलफुलजन्य पसलको अनुगमन गर्दा ६ वटा पसल दर्ता नभएका र अध्यावधिक नगरिएका भेटिएका छन् । बुटवल उपमहानगरले आज गरेको १० वटा फलफुलजन्य पसलको अनुमनमा ६ वटा पसलहरु दर्ता नभएको तथा अध्यावधिक नभएको भेटिएको हो ।

उपमहानगरले गरेको अनुगमनमा ३ वटा पसल कुनैपनि निकायमा दर्ता नगरि संचालनमा रहेको, ३ वटा दर्ता गरेपनि वषौंदेखि नविकरण नै नगरेको तथा ४ वटा पसलले विषादी परिक्षण नगरि फलफुल बिक्रिबितरण गर्दै आएको अनुगमन टोलीका संयोजक बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले बताइन् ।

अनुगमन टोलीले ५० किलो बराबरको सडेगलेको अखाद्य फलफूल जफत गरि नष्ट गरेको छ भने दर्ता पनि नभएको र अखाद्य अवस्थामा रहेको सडेगलेको करिव ५० किलो विभिन्न जातका फलफुल पसलमा राखेको बुटवल ६ मा विजय गुप्ताले संचालन गरेको पसललाई १५ हजार जरिवाना गरेको उपमहानगरका अधिकृत ठगेश्वर पोखरेलले बताए । गुप्तालाई व्यवसाय दर्ता गरी आजै कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको पनि उनले बताए ।

दर्ता नगरि पसल संचालन गर्ने राजन वर्णवाल र राजकुमार तेलीलाई पसल दर्ता गरि कार्यालय उपस्थित हुन निर्देशन गरिएको छ भने नविकरण नगरेका शाह इन्टरनेश्नल फ्रुट एण्ड भेजिटेवल सप्लायर्स बुटवल ६ का नुरुदिन शाह, समिम सब्जी तथा आलु प्याज पसल बुटवल ६ का समिम अन्सारीलाई ब्यवसाय नबिकरण गरि कार्यालयमा उपस्थित हुन निर्देशन गरिउको पोखरेलले बताए ।

महालक्ष्मी फ्रुट सेन्टर बुटवल ६ की दिपा घिमिरे, गौरसिया फ्रुट सेन्टर बुटवल ६ का मोहम्मद याकुव, रहमान फ्रुट सेन्टर बुटवल ६ का आषिक अली र अब्दुल भेजिटेवल सेन्टर बुटवल ६ का आषिक अलीले विषादी परिक्षण नगराई पसलमा फलफुल बिक्रि गरिरहेकाले अनुगमन समितिले फलफुलको बिक्रिमा रोक लगाउँदै विषादी परिक्षणका लागि नमुना ल्यावमा पठाएको छ ।

अनुगमनमा बुटवल उपमहानगरपालिका, बुटवल उद्योग वाणिज्य संघ, रुपन्देही व्यापार संघ, उपभोक्ता हित संरक्षण मञ्च बुटवल, बुटवल कृषि उपज थोक बजार, द्रुत विषादि परिक्षण ल्यावका प्रतिनिधिको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : २६ जेष्ठ २०८०, शुक्रबार  ५ : १९ बजे

भूमि आयोगद्वारा नेपालगन्जमा जग्गा नापजाँच सुरु

नेपालगन्ज । भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले नेपालगञ्ज

मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण छवटा उडान रद्द

काठमाडौँ । मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण आज त्रिभुवन

रास्वपाले बोलायो केन्दीय समितिको बैठक, संसदीयदलको नेता चयन गर्ने एजेण्डा

काठमाडौं । जननिर्वाचित नयाँ सरकार गठनको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र

कर्तव्य ज्यान मुद्दाका बाल बिज्याईकर्ता पक्राउ

बुटवल । गत चैत्र ३ गते बीभत्स तरिकाले हत्या गरिएकी

नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

काठमाडौं । नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक’ अभियानअन्तर्गत ११