८ श्रावण २०८३, शुक्रबार | July 24, 2026

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने कार्यकारिणी समिति सदस्य शिवलाल थापाले जानकारी दिए ।

बैठकमा पार्टीको विधान अधिवेशनको तयारी, विभिन्न समिति र सङ्गठनले गरेको प्रतिनिधि चयन, समसामयिक राजनीतिलगायत विषयमा छलफल हुने छ ।

यसअघि यही जेठ २२ गते जसपाले विधान अधिवेशनलाई सफल बनाउन केन्द्रीय प्रचारप्रसार उपसमिति गठन गरेको थियो । पार्टीका राजनीतिक समिति सदस्य अर्जुन थापाको संयोजकत्वमा १६ सदस्यीय केन्द्रीय प्रचारप्रसार उपसमिति गठन गरिएको हो ।

जसपाले आगामी असार ९ गते विधान अधिवेशन काठमाडौंमा गर्दैछ । विभिन्न कारण देखाउँदै जसपाको विधान अधिवेशन सार्दै आएको छ । यसअघि यही जेठ १ देखि ३ गतेसम्म विधान अधिवेशन गर्ने निर्णय भएकोमा तयारी नपुगेको भन्दै असारलाई सारिएको थियो ।

प्रकाशित मिति : २७ जेष्ठ २०८०, शनिबार  ९ : ४४ बजे

महिला सेवाग्राहीलाई दुर्व्यवहार गर्ने पठाओ चालक पक्राउ

ललितपुर । महिला सेवाग्राहीलाई दुर्व्यवहार गर्ने एकजना पठाओ चालक पक्राउ

सांसदले स्वकीय सचिव राख्ने निर्णयविरुद्ध सर्वोच्चमा दुई रिट दायर

काठमाडौं । सांसदहरूलाई स्वकीय सचिव राख्न दिने सरकारको पछिल्लो निर्णयविरुद्ध

नेपालका प्रधान न्यायाधीशसहित पाँच मुलुकका वरिष्ठ न्यायाधीशहरू नयाँदिल्लीमा

नयाँदिल्ली । भारतीय सर्वोच्च अदालतले नेपालका प्रधान न्यायाधीशसहित पाँच मुलुकका

सुर्खेतमा ग्यास अभाव छैन : आयल निगम

सुर्खेत । नेपाल आयल निगम सुर्खेतले वीरेन्द्रनगरमा एलपी ग्यासको अभाव

रास्वपा सांसद पौडेलमाथि कालो मसी प्रहार

रौतहट । रौतहट निर्वाचन क्षेत्र नम्बर-४ का प्रतिनिधिसभा सदस्य गणेश