६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने कार्यकारिणी समिति सदस्य शिवलाल थापाले जानकारी दिए ।

बैठकमा पार्टीको विधान अधिवेशनको तयारी, विभिन्न समिति र सङ्गठनले गरेको प्रतिनिधि चयन, समसामयिक राजनीतिलगायत विषयमा छलफल हुने छ ।

यसअघि यही जेठ २२ गते जसपाले विधान अधिवेशनलाई सफल बनाउन केन्द्रीय प्रचारप्रसार उपसमिति गठन गरेको थियो । पार्टीका राजनीतिक समिति सदस्य अर्जुन थापाको संयोजकत्वमा १६ सदस्यीय केन्द्रीय प्रचारप्रसार उपसमिति गठन गरिएको हो ।

जसपाले आगामी असार ९ गते विधान अधिवेशन काठमाडौंमा गर्दैछ । विभिन्न कारण देखाउँदै जसपाको विधान अधिवेशन सार्दै आएको छ । यसअघि यही जेठ १ देखि ३ गतेसम्म विधान अधिवेशन गर्ने निर्णय भएकोमा तयारी नपुगेको भन्दै असारलाई सारिएको थियो ।

प्रकाशित मिति : २७ जेष्ठ २०८०, शनिबार  ९ : ४४ बजे

बुटवलमा भोलिदेखि लुम्बिनी प्रदेश स्तरीय दोहोरी खेल प्रतियोगिता सुरु

बुटवल । लोक दोहोरी गीत प्रबद्र्धन गर्ने उद्देश्य सहित भोलिदेखि

जसपा छाडेका सांसदलाई विश्वासको मत दिनबाट रोक्न उपेन्द्र पुगे सर्वोच्च

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री

कार्यदलको बैठकमा सहमति जुटेन

काठमाडौं । सहकारी प्रकरण छानबिन गर्न बन्न लागेको संसदीय छानबिन

भरतपुरमा सात वर्षमा सात सय किलोमिटर सडक कालोपत्र

चितवन । कुनै बेला भरतपुर महानगरपालिकाका सडकमा गहिरा खाल्डा थिए