२० माघ २०८२, मंगलबार | February 4, 2026

खडेरीले बीउ सुक्यो, रोपाइँ प्रभावित



पर्वत । लामो समयदेखिको खडेरी र तापक्रम वृद्धिका कारण पर्वतमा बर्खेबाली रोपाइँ प्रभावित भएको छ । यतिवेला धमाधम कोदो र धान रोपाइँ सुरु हुने बेला भए पनि वर्षा नभएका कारण कृषकले रोपाइँ गर्न नपाएका हुन् ।
विगतका वर्षमा जिल्लाका अधिकांश वडामा अहिलेसम्म कोदो रोपाइँ सकिन्थ्यो । केही वडामा धान रोपाइँ हुन्थ्यो तर यस वर्ष भने कुनै पनि वडामा रोपाइँ सुरु नभएको कृषकले बताएका छन् । लामो समयदेखि वर्षा नभएका कारण कोदोको बीउ सुक्न थालेको छ भने मकैलगायत खेतबारीमा लगाएका अन्य गेडागुडी खेतीसमेत ओइलाउन थालेको कुश्मा नगरपालिका–१२ का कृषक रामप्रसाद सापकोटाले बताए ।
गत वर्ष कोदो रोपिसकेर धान रोपाइँ सुरु गरेका थियौँ उनले भने, “यस वर्ष कुनै पनि रोप्न पाइएको छैन, कोदोको बीउ सुकिसकेको छ भने धानको बीउसमेत राख्न पाइएको छैन ।” धानको पानी बीउ राख्ने प्रचलन भए पनि जेठ अन्तिम सातासम्म वर्षा नभएपछि कतिपयले धुले बीउ राख्नथालेका छन् ।
सिँचाइको सुविधा भएका ठाउँमा समेत खोलानाला सुकेका कारण समयमै बीउ राख्न र रोपाइँ गर्न समस्या भएको फलेवास–५ का हरि पौडेलले बताए । यस वर्ष समयमै रोपाइँ गर्न नपाइने भयो । पछिल्ला केही दिनयता तापक्रमसमेत ह्वात्तै बढेका कारण लगाएका बालीनालीसमेत ओइलाउँदै गएको उनले बताए ।
पर्वतका अधिकांश वडामा वर्षाको भरमा खेतीबाली लगाउँदै आएका छन् । झण्डै सात हजार हेक्टर जमिनमा सिँचाइको सुविधा भए पनि खोलानालानै सुकेकाले समस्या भएको हो । जिल्लाको मुख्य बाली धान हो भने कोदो दोस्रो मुख्य बाली हो । मकै र गहुँ क्रमशः तेस्रो र चौथो बालीको रुपमा उत्पादन हुने गरेको छ । जिल्लाभर नौ हजार ५० हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ भने झण्डै सात हजार हेक्टरमा कोदो र मकै खेती हुने गरेको छ । मुख्य बाली लगाउने समयमै खडेरी परेका कारण कृषकलाई समस्या परेको छ ।
कृषि ज्ञान केन्द्र पर्वतले लामो समयदेखि वर्षा नहुँदा पर्वतमा रोपाइँ गर्न समस्या भएको जनाएको छ । मौसम सक्रिय नभएसम्म रोपाइँ गर्न नपाउने भएपछि कृषक समस्यामा परेका छन् । वरिष्ठ कृषि विकास अधिकृत मनिता थापाले यो महिनाको अन्त्य वा असार महिनाको पहिलो सातासम्म मनसुन सक्रिय भएमा उत्पादनमा भने असर नगर्ने बताए । उनले रोपाइँ गरिसकेपछि साउन र भदौमा समेत निरन्तर वर्षा भएमा धान, कोदो उत्पादन राम्रो हुनेसमेत उहाँको भनाइ रहेको छ । जिल्लाका सात पालिकाका ६१ वडाकै कृषक यतिबेला मनसुनको पर्खाइमा रहेको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०८०, शनिबार  ९ : ५८ बजे

विदेशमा बस्ने नेपालीले देशको अर्थतन्त्र र सामाजिक विकासमा दिएको योगदान महत्त्वपूर्ण छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जापानमा बस्ने नेपालीहरूले नेपाली अर्थतन्त्रलगायत

ललितपुरबाट पेस्तोलसहित तीन जना नियन्त्रणमा

काठमाडौँ । सशस्त्र प्रहरी बलले ललितपुरबाट आज पेस्तोलसहित तीन जनालाई

निर्वाचन सुरक्षाका लागि भोलि बुधबारदेखि सेना परिचालन

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र

समानुपातिकतर्फको अन्तिम बन्दसूची सार्वजनिक, ३१३५ उम्मेदवार कायम

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा

पोखरामा थुप्रियो फोहर, व्यवस्थापनमा चुनौती

गण्डकी । पर्यटकीय राजधानी पोखरामा केही दिनयता फोहर उठ्न सकेको