१३ भदौ २०८३, शनिबार | August 29, 2026

सोलुखुम्बुको नाम्चेमा १२ बर्ष पछि सबैभन्दा बढी उच्च तापमान



सोलुखम्बु, २७ जेठ । विश्वको सर्वोच्च शिखर सगरमाथाको प्रवेशद्वार नाम्चे बजारमा विगत केही वर्षको तुलनामा यस वर्ष सबैभन्दा बढी गर्मी रहेको छ ।

समुन्द्र सतहबाट ३४०० मिटरको उचाइमा रहेको नाम्चे बजारमा दैनिक तापक्रम १३ डिग्री सेल्सियस पुगेको छ । यो पछिल्लो १२ वर्षमा सबैभन्दा बढी हो।

यहाँ १२ वर्षअघि पनि यस्तै तापक्रम बढेको स्थानीयवासीले बताएका छन् । नाम्चे बजारमा बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म घाम लाग्ने भएकाले तापक्रम दोहोरो अंकमा पुगेको होण्। विगत केही वर्षयता यसै सिजनमा नाम्चे बजारको औसत तापक्रम ४–५ डिग्री सेल्सियस रहदै आएको थियो ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार यस क्षेत्रमा तत्कालै थप पानी पर्ने सम्भावना छैन । छिटपुट वर्षा हुन सक्छ तर तापक्रम घट्ने अपेक्षा भने गरिएको छैन।

प्रकाशित मिति : २७ जेष्ठ २०८०, शनिबार  २ : ३२ बजे

धुन्चेमा रोकिएका बाढी प्रभावितलाई वैकल्पिक मार्गबाट काठमाडौं ल्याइँदै

काठमाडौं । उद्धारको प्रतीक्षामा रसुवाको सदरमुकाम धुन्चेमा रोकिएका बाढी प्रभावितलाई

चितवनमा सङ्कलित शवको डीएनए संकलन गरी समाधिस्थ गरिने

चितवन । रसुवाको भोटेकोशी बाढीमा मृत्यु भई बगेर चितवनसम्म पुगेका

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको सङ्ख्या ६१६ पुग्यो

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान

नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता

काठमाडौं । त्रिशूली नदीमा भदौ १० गते आएको भीषण बाढीका

बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा

काठमाडौँ । रसुवास्थित भोटेकोशीमा आएको बाढीले बगाएर ल्याएको बैङ्कको सेफ