१७ बैशाख २०८२, बुधबार | April 30, 2025

पाकिस्तानमा भीषण वर्षा र चट्याङमा परेर अट्ठाइस जनाको मृत्यु, एक सय चालीसभन्दा बढी घाइते



इस्लामाबाद । पाकिस्तानको खैबर पख्तुनख्वा र पञ्जाबका विभिन्न भागमा शनिबार परेको भारी वर्षा र चट्याङका कारण कम्तीमा २८ जनाको मृत्यु भएको छ भने एक सय ४० जनाभन्दा बढी घाइते भएका छन् ।

प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरणका अनुसार खैबर पख्तुनख्वा को बन्नु, डेरा इस्माइल खान, करक र लक्की मारवतमा वर्षाका कारण २५ जनाको मृत्यु भएको छ भने एक सय ४५ जना घाइते भएका छन् । बाढीका कारण ६९ घरमा आंशिक क्षति भएको । पाकिस्तानी प्रसारण संस्था जियो न्यूजले जनाएको छ ।

प्राधिकरणका अनुसार करकमा चार जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । वर्षाका कारण डेरा इस्माइल खानमा एक बालकको मृत्यु भएको छ । अन्य दुई जना घाइते भएका छन् ।

बाढी प्रभावित खैबर पख्तुनख्वाका सबै क्षेत्रमा खोजी तथा उद्धार जारी छ । पीडितहरूलाई राहत सामग्री उपलव्ध गराइएको तथा त्यो अहिले जारी रहेको उद्धारकर्मीले बताएका छन् ।

घाइतेहरूलाई अस्पताल पु¥याइएको छ । आँधीबेहरीसहितको भारी वर्षाले पञ्जाब प्रान्तका धेरै क्षेत्रमा भौतिक क्षति भएको छ । प्रान्तका सरगोधा, गुजरनवाला, फैसलाबाद अधिक प्रभावित भएका छन् ।

प्रकाशित मिति : २८ जेष्ठ २०८०, आइतबार  ११ : ४८ बजे

रेशम चौधरी पक्राउ प्रकरणबारे बोल्यो सर्वोच्च – पत्र अनधिकृत हो, कार्यान्वयन नगर्नु

काठमाडौं । नागरि उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न

राजतन्त्र अब कहिल्यै फर्किंदैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको सङ्घर्षबाट वर्तमान लोकतन्त्र

रेशम चौधरी रिहा गर्न सर्वोच्चले प्रहरीलाई पठायो नयाँ पत्र, अनधिकृत पत्र लेख्ने कर्मचारी पक्राउ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गरी

नागरिक उन्मुक्ति पार्टी सरकारबाट बाहिरिँदै

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारबाट नागरिक उन्मुक्ति बाहिरिने