२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

पाल्पामा लिची टिप्न रुख चढेकी महिला रुखबाट खसेर मृत्यु



पाल्पा । पाल्पामा लिची टिप्न रुखमा चढेकी एकजना महिलाको रुखबाट खसेर मृत्यु भएको छ । उनको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचारका क्रममा मृत्यु भएको हो ।

प्रहरीका अनुसार आज मध्यान्ह साढे १ बजेको समयमा पाल्पा बगनासकाली-९ फक्टुङ बस्ने वर्ष ४५ की धना खाण आफ्नै बारीमा रहेको लिचिको रुखमा चढी लिची टिप्ने क्रममा अचानक रुखबाट लडी घाईते भएकी थिईन् । घटना लगत्तै उपचारको लागी धनाका श्रीमान ज्ञान बहादुर खांणले लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा लगेकोमा उपचारको क्रममा अपरान्ह ४ः४५ बजे मृत्यु भएको हो ।

मृत्यु भएको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पाबाट प्रहरी अनुसन्धान अधिकृत सहितको टोली घटना स्थल पुगेर अनुसनधान सुरु गरेको पाल्पा प्रहरीले जनाएको छ । शव पोष्टमार्टमको लागी जिल्ला अस्पताल पाल्पामा पठाईएको पाल्पा प्रहरी प्रवक्ता डीएसपी बिरेन्द्र थापाले बताए ।

प्रकाशित मिति : २९ जेष्ठ २०८०, सोमबार  ६ : ०६ बजे

बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार

हेटौँडा । बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार गरिएको छ । नेपाली

भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस

काठमाडौं । सरकारले भारत, चीन र अमेरिकासहित १३ मुलुकका लागि

बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरुद्धको खोप दिइँदै

काठमाडौं । बाढी प्रभावित क्षेत्रमा हैजा नियन्त्रणका लागि मुखबाट दिइने

बुटवलमा वामपन्थी दलहरुबारे विचार गोष्ठी हुँदै, भीम रावल प्रमुख वक्ता

बुटवल । संविधान दिवसका दिन शनिबार बुटवलमा वर्तमान राजनैतिक परिस्थितीमा

बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम

काठमाडौँ । हिमालय क्षेत्रमा तीव्र गतिमा बढिरहेको तापक्रमले नेपालजस्ता विकासोन्मुख