२९ जेष्ठ २०८३, शुक्रबार | June 12, 2026

पाल्पामा अवैध रासायनिक मल भित्रिने क्रम बढ्दो



पाल्पा । नियन्त्रणमा लिइएको अवैध रासायनिक मल (युरिया) राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको छ । गत शनिबार रामपुरको एक सटरमा भण्डारण गरी राखिएको भारतीय कम्पनीको छ सय ५० बोरा अवैध मल फेलापरेको थियो ।

सोमबार राजस्व अनुसन्धान अधिकृतसहित, करदाता सेवा कार्यालय पाल्पाका प्रमुख र जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब निरीक्षकसहितको टोलीले रामपुरमा ‘शिल’ गरेर राखेको मल अनुसन्धान कार्यालय बुटवल पठाइएको छ ।

रामपुर–५ बेझाडस्थित विजय श्रेष्ठको घरमा ९सटर भाडामा० ‘प्रधानमन्त्री भारतीय जनउर्वरक परियोजना भारत युरिया’ नामक रासायनिक मल भण्डारण गरिएको अवस्थामा फेला परेको थियो ।

बिल तथा कागजपत्र र सम्बन्धित व्यक्ति फेला नपरेपछि रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाको संयोजकत्वमा जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापासहितको सरोकारवालाको टोलीले मल ‘शिल’ गरेर राखेको हो ।

हालसम्म भण्डारण गरेका सम्बन्धित व्यक्ति पहिचान भएको छैन । प्रतिबोरा ४५ किलो बराबरको तौल छ । गत शनिबार बिहान रम्भा गाउँपालिका–१ हुँगीमा पनि अवैधरूपमा गाडीमा ल्याउँदै गरेको तीन सय ७२ बोरा युरिया मल प्रहरीले नियन्त्रणमा लिएर सोही दिन अनुसन्धानका लागि भन्सार कार्यालय पठाइसकिएको छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०८०, मंगलबार  ७ : २६ बजे

सुस्तामा नेपाली भूमीमा भारतीय एसएसबीको गस्ती, सुस्ताबासीको प्रतिकार

नवलपरासी(सुस्तापश्चिम) । नवलपरासी (सुस्तापश्चिम)को सुस्तामा नेपाली भूमीमा आएर नेपालीहरुलाई धम्की

सुनौलो इतिहास रहेको कन्या मन्दिरप्रति छात्राको आकर्षण

काठमाडौं । नेपालको पहिलो छात्रा विद्यालयका रुपमा परिचित ‘कन्या मन्दिर

गौतमबुद्ध र पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा सांसदहरूको जोड

काठमाडौं । सांसदहरूले गौतमबुद्ध र पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा जोड

केही नेपाल ऐन संशोधन विधेयकमाथि सर्वसाधारणसँग राय माग

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले ‘केही नेपाल

कर्तव्यनिष्ट असी जना बुहारी सम्मानित

अर्घाखाँची । अर्घाखाँचीका सन्धिखर्क नगरपालिकाले कर्तव्यनिष्ठ असी असल बुहारीलाई सम्मान