१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

रुपन्देहीसहित ७ जिल्लामा सकियो एकल लोक गायनको अडिसन



बुटवल । रुपन्देहीमा एकल लोक गीत प्रतियोगिताको लाइभ अडिसन मंगलबार सम्पन्न भएको छ । बुटवलमा भएको लाइभ अडिसनबाट मधु परियार र सन्देव चेपाङ अघिल्लो चरणका लागि प्रवेश गरेका छन् ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान लुम्बिनी प्रदेशले आयोजना गरेको प्रतियोगितामा लुम्बिनीका ११ जिल्लाबाट प्रतिस्पर्धीहरु छनोट हुने भएका छन् ।

रुपन्देहीमा भएको लाइभ अडिसनमा २२ जना प्रतिस्पर्धी सहभागी भएको प्रतिष्ठान रुपन्देहीका अध्यक्ष विजय सापकोटाले जानकारी दिए । डिजिटल अडिसनबाट छनोट भइ आएका २२ प्रतिस्पर्धीलाई लाइभ अडिसन गराइएको रुपन्देहीका लागि छनोट समितिका संयोजक कल्पना कुशुमले जानकारी दिइन । लाइभ अडिसनमा जुरीको रुपमा डिल्ली नारायण पाण्डे, प्रचण्ड जिसी र दामोदर बस्यालले भूमिका निरवाह गरेको उनले बताइन ।

५१ हजार रुपैयाँ नगद पुरस्कार राशीसहितको गायन प्रतियोगिताका लागि ७ जिल्लामा लाइभ अडिसन सम्पन्न भएको प्रतिष्ठान लुम्बिनी प्रदेशका द्वितीय उपाध्यक्ष तथा कार्यक्रम संयोजक नारायण विपी परियारले बताए । कपिलवस्तु, गुल्मी, पाल्पा, बर्दिया, बाँके, दाङ र रुपन्देहीमा लाइभ अडिसन सम्पन्न भएको हो । अर्घाखाँची, प्यूठान, रोल्पा र नवलपरासीमा अडिसन बाँकी रहेको छ । प्रत्येक जिल्लाबाट उत्कृष्ट २ जनालाई जनोट गरि ग्राण्ड फिनालीमा सहभागी गराइने कार्यक्रम संयोजक नारायण विपीले बताए ।

प्रतियोगितामा द्वतीय हुनेले ३१ हजार १११ र तृतीय हुनेले २१ हजार १११ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन् । ११ जिल्लाबाट २२ जना प्रतिस्पर्धीहरु बीच हुने ग्राण्ड फिनाली असार ७ गते बुटवलमा आयोजना हुने बताइएको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८०, बुधबार  ९ : ५९ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा