२० माघ २०८२, मंगलबार | February 4, 2026

रुपन्देहीसहित ७ जिल्लामा सकियो एकल लोक गायनको अडिसन



बुटवल । रुपन्देहीमा एकल लोक गीत प्रतियोगिताको लाइभ अडिसन मंगलबार सम्पन्न भएको छ । बुटवलमा भएको लाइभ अडिसनबाट मधु परियार र सन्देव चेपाङ अघिल्लो चरणका लागि प्रवेश गरेका छन् ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान लुम्बिनी प्रदेशले आयोजना गरेको प्रतियोगितामा लुम्बिनीका ११ जिल्लाबाट प्रतिस्पर्धीहरु छनोट हुने भएका छन् ।

रुपन्देहीमा भएको लाइभ अडिसनमा २२ जना प्रतिस्पर्धी सहभागी भएको प्रतिष्ठान रुपन्देहीका अध्यक्ष विजय सापकोटाले जानकारी दिए । डिजिटल अडिसनबाट छनोट भइ आएका २२ प्रतिस्पर्धीलाई लाइभ अडिसन गराइएको रुपन्देहीका लागि छनोट समितिका संयोजक कल्पना कुशुमले जानकारी दिइन । लाइभ अडिसनमा जुरीको रुपमा डिल्ली नारायण पाण्डे, प्रचण्ड जिसी र दामोदर बस्यालले भूमिका निरवाह गरेको उनले बताइन ।

५१ हजार रुपैयाँ नगद पुरस्कार राशीसहितको गायन प्रतियोगिताका लागि ७ जिल्लामा लाइभ अडिसन सम्पन्न भएको प्रतिष्ठान लुम्बिनी प्रदेशका द्वितीय उपाध्यक्ष तथा कार्यक्रम संयोजक नारायण विपी परियारले बताए । कपिलवस्तु, गुल्मी, पाल्पा, बर्दिया, बाँके, दाङ र रुपन्देहीमा लाइभ अडिसन सम्पन्न भएको हो । अर्घाखाँची, प्यूठान, रोल्पा र नवलपरासीमा अडिसन बाँकी रहेको छ । प्रत्येक जिल्लाबाट उत्कृष्ट २ जनालाई जनोट गरि ग्राण्ड फिनालीमा सहभागी गराइने कार्यक्रम संयोजक नारायण विपीले बताए ।

प्रतियोगितामा द्वतीय हुनेले ३१ हजार १११ र तृतीय हुनेले २१ हजार १११ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन् । ११ जिल्लाबाट २२ जना प्रतिस्पर्धीहरु बीच हुने ग्राण्ड फिनाली असार ७ गते बुटवलमा आयोजना हुने बताइएको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८०, बुधबार  ९ : ५९ बजे

विदेशमा बस्ने नेपालीले देशको अर्थतन्त्र र सामाजिक विकासमा दिएको योगदान महत्त्वपूर्ण छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जापानमा बस्ने नेपालीहरूले नेपाली अर्थतन्त्रलगायत

ललितपुरबाट पेस्तोलसहित तीन जना नियन्त्रणमा

काठमाडौँ । सशस्त्र प्रहरी बलले ललितपुरबाट आज पेस्तोलसहित तीन जनालाई

निर्वाचन सुरक्षाका लागि भोलि बुधबारदेखि सेना परिचालन

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र

समानुपातिकतर्फको अन्तिम बन्दसूची सार्वजनिक, ३१३५ उम्मेदवार कायम

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा

पोखरामा थुप्रियो फोहर, व्यवस्थापनमा चुनौती

गण्डकी । पर्यटकीय राजधानी पोखरामा केही दिनयता फोहर उठ्न सकेको