१४ भदौ २०८३, आइतबार | August 30, 2026

तोलामा ९०० रुपैयाँ घट्यो सुनको मूल्य



काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा ९०० रुपैयाँ घटेको छ । महासंघले आजको मूल्यसूची तय गर्दै मंगलबारको तुलनामा प्रतितोला ९०० रुपैयाँ घटेको जनाएको हो ।

यससँगै, बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार ८०० रुपैयाँ कायम छ । मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ७०० रुपैयाँ कायम थियो । यस्तै, बुधबार तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार २५० रुपैयाँ कायम छ ।

मंगलबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको थियो । सोमबारको तुलनामा ३०० रुपैयाँले बढेर सुनको मूल्य कारोबारमा आएको महासंघले जनाएको थियो । तर, बुधबार एकै दिन तोलामा ९०० रुपैयाँले घटेर कारोबारमा आएको हो ।

यस्तै, बुधबार चाँदीको मूल्य समेत २५ रुपैयाँले घटेको छ । यससँगै, चाँदीको मूल्य तोलामा १४ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि, चाँदीको मूल्य तोलामा १४ सय ५० रुपैयाँ तोकिएको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८०, बुधबार  ११ : ४६ बजे

रसुवा बाढी प्रभावित बोकेको बस दुर्घटना, ३२ जना घाइते

बर्दिया । रसुवाको भोटेकोशी नदीमा गएको बाढीपछि उद्धार गरिएका बाढी

प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने

ललितपुर । नेपाली कांग्रेसले बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा

रास्वपा सभापति लामिछाने र बागमतीका मुख्यमन्त्री थापाबीच भेटवार्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

भोटेकोशी बाढी : खोज, उद्धार र राहत प्रभावकारी बनाउन रास्वपा सभापतिको निर्देशन

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतका

माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धार प्रयास जारी, सुरुङको ‘ब्रेक–थ्रु’

काठमाडौं । बाढीका कारण नुवाकोटस्थित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजना