१० पुस २०८२, बिहिबार | December 25, 2025

तनहुँमा सुत्केरी गराउने क्रममा आमा र शिशुको मृत्यु



तनहुँ । व्यास नगरपालिका-१२ कमलबारी निवासी २७ वर्षीय शर्मिला दरै र शिशु दुबैको सुत्केरी गराउने क्रममा मृत्यु भएको छ । जेठ २८ गते उपचारका लागि पोखरास्थित क्षेत्रीय गण्डकी अस्पतालमा लगिएको र उपचारको सिलसिलामा आमा र शिशुको मृत्यु भएको हो ।

चिकित्सकको लापरवाहीका कारण महिला र शिशुले ज्यान गुमाउनुपरेको मृतकका आफन्तजनले बताएका छन् । छानबिनको लागि कास्कीका प्रमुख जिल्ला अधिकारी समक्ष उजुरी दिइएकाले पोष्टमार्टमको रिर्पोट आएपछि छलफल गर्ने सहमति भएको मृतककी हजुरबुबा चीजबहादुर दरैले जानकारी दिए ।

भोलि पोष्टमार्टमको रिर्पोट आउँछ, त्यसपछि उपचारमा सङ्लग्न चिकित्सक दोषी ठहरिए कानुनी कारबाही अघि बढ्छ । मृतकका आफन्तजनले अझै शब बुझ्न नमानेको उनले बताए । घट्ना पश्चात पीडितपक्ष र अस्पतालका चिकित्सकबीच भएको छलफलमा चिकित्सक टोलीले महिला र शिशु दुबैलाई बचाउन हरपल प्रयत्न गरेपनि बचाउन नसकेको बताएको हजुरबुबा चिजबहादुरले जानकारी दिए ।

छलफलका क्रममा सुत्केरीको पानीको पोको फुटेपछि रगतसँग घुलेर शरीरका अन्य भागमा पुगेकाले दुबै जनालाई बचाउन नसकिएको चिकित्सकको भनाइ उदृत गर्दै उनले उल्लेख गरे । चिकित्सकले उपचार पद्धतिअनुरुप नै उपचार गरेको र गल्ती कही पनि नगरेको भन्दै स्वीकार गरे पनि आमा र शिशु दुबैको मृत्यु भएपछि चिकित्सकको लापरवाही भएको अनुमान गरेका हौ । हजुरबुबा चीजबहादुरले भने, “छानबिनको लागि प्रक्रिया अघि बढाएका छौँ, छानबिन भएपछि पुनःएक पटक बसेर छलफल गर्ने योजना बनाएका छौँ ।”

प्रकाशित मिति : ३१ जेष्ठ २०८०, बुधबार  २ : ५९ बजे

भारतको गीडा औद्योगिक क्षेत्रका उद्योगीसँग अन्तरसंवाद, उद्योग तथा पर्यटन क्षेत्रमा सहकार्य गर्ने प्रतिवद्धता

बुटवल । भारतको गीडा औद्योगिक क्षेत्रका उपाध्यक्ष प्रविण मोदीको नेतृत्वमा

नाग्म-गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला । नाग्म-गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ

शीतलहर र हिमपातबाट प्रभावितलाई तत्काल राहत दिन प्रचण्डको अपील

काठमाडौं । मौसममा आएको परिवर्तनका कारण तराई–मधेश क्षेत्रमा शीतलहर र

निर्वाचनका निम्ति सरकारले काम गरिरहेको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचन सफलापूर्वक सम्पन्न गर्न