८ चैत्र २०८२, आइतबार | March 23, 2026

राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलको आयोजनामा बुटवल बसपार्कमा नि:शुल्क आँखा परीक्षण शिविर



बुटवल । सुरक्षित यात्रा तथा दुर्घटना न्युनिकरणको सचेतनासहित बिहिबार बुटवल बसपार्कमा नि:शुल्क आँखा परीक्षण शिविर सञ्चालन गरिएको छ ।

राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलको आयोजना, सुरक्षित यात्रा नेपालको सहकार्य तथा लायन्स क्लब अफ बुटवलको प्राविधिक सहयोगमा सवारी चालकहरुका लागि आँखा परीक्षण शिविर सञ्चालन गरिएको हो ।

अभियानको उद्घाटन गर्दै राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक होमबहादुर थापाले  ट्राफिक नियमको पालना अरुका लागि नभई आफ्नै लागि हो भन्ने  भावनाको विकास गर्न आवश्यक रहेको बताए । दुर्घटना न्युनिकरणका लागि सबैभन्दा बढी सवारी चालकहरु नै सचेत हुन आवश्यक रहेको बताउँदै उनले यात्रुहरुले समेत त्यस कुरामा ध्यान दिन जरुरी रहेको उल्लेख गरे । समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तरगत ‘ट्राफिक प्रहरीको चाहना सुरक्षित र सहज यात्राको कामना’- भन्ने मूल नारासहित शिविरको आयोजना गरिएको हो ।

सो अवसरमा बोल्दै सुरक्षियात्रा नेपालका कृष्ण प्रसाद बेलबासेले सुरक्षित यात्राले सबै यात्रु तथा चालक-सहचालकको अमुल्य जीवन बाच्न सक्ने उल्लेख गरे । कार्यक्रममा नेपाल पत्रकार महासघ रुपन्देहीका उपाध्यक्ष विस्वास ढकालले दुर्घटना न्यूनीकरणका लागि सबै आ-आफ्नो क्षेत्रबाट लाग्नुपर्ने बताए ।

प्रकाशित मिति : ३२ जेष्ठ २०८०, बिहिबार  ९ : ०७ बजे

ज्येष्ठ सदस्य केसीले राष्ट्रपति समक्ष शपथ लिने

काठमाडौंँ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेल

प्रधानमन्त्री कार्की र रास्वपा सभापति लामिछानेबीच भेट

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति

नाइट फुटबलको उपाधि ब्रोदर्स एफसीलाई

खजुरा । बाँकेको खजुरामा सम्पन्न नाइट फुटबलको उपाधि आयोजक टिम

चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो

काठमाडौँ । राष्ट्रिय किताबखानाले हालसम्म चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत

कांग्रेस सभापति थापाले पदबाट दिएको राजीनामा केन्द्रीय समितिबाट अस्वीकृत

काठमाडौं । गगन थापाले पदबाट दिएको राजीनामा नेपाली कांग्रेसको केन्द्रीय