२१ भदौ २०८३, आइतबार | September 6, 2026

शोभितको ‘जय हो’ को फस्टलुक सार्वजनिक



काठमाडौं । आगामी भाद्र ८ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘जय हो’को दुई फस्टलुक सार्वजनिक भएको छ । फिल्म प्रचारप्रसारको सुरुवात गर्न निर्माण टिमले बिहीबार दुई पोस्टर सार्वजनिक गरेको हो ।

सार्वजनिक दुई पोस्टरमा फिल्मका मुख्य कलाकार सलोन बस्नेत, केकी अधिकारी, अर्पण थापा, निशा अधिकारी र माओत्से गुरुङ फिचर्ड छन् । अर्को पोस्टरमा अभिनेता माओत्से गुरुङ र निशा अधिकारीलाई मुस्ताङको स्थानीय गुरुङ पहिरनमा छन्, भने सलोन लामो कपाल र जुंगामा फरक देखिएका छन् । अभिनेत्री केकी अधिकारी नाकमा बुलाकीसहित देखिदा अभिनेता अर्पण थापालाई नाकबाट रगत बग्दै गरेको घाइते अवस्थामा देख्न सकिन्छ ।

सलोन सलिना फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता शोभित बस्नेत हुन् । राज के अधिकारी र सुरज सरकारको लगानी रहेको फिल्मलाई टेक पौरखी राईले निर्देशन गरेका हुन् ।

सौरभ लामाको डिओपी, शम्भुजित बास्कोटा र सागर आलेको संगीत, बनिश शाहको सम्पादन, सम्राट बस्नेतको द्धन्द्व निर्देशन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, रेनिस फागोको कलर, समीर मियाँको भिएफएक्स, सुवाष काफ्ले प्रोडक्सन हेड, केवलमान सिंह बस्नेत प्रोडक्सन म्यानेजर र समिर खान प्रोडक्सन डिजाइनर रहेको सिनेमाका मुख्य सहायक निर्देशक दिप्त प्रकाश अधिकारी हुन् ।

प्रकाशित मिति : ३२ जेष्ठ २०८०, बिहिबार  १० : ०८ बजे

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका

युद्धले बिजुली प्रणाली ध्वस्त पारेपछि सौर्य ऊर्जातर्फ मोडिँदै सुडानी

ओम्दुरमान । युद्धका कारण सुडानको विद्युत प्रणाली जर्जर बन्दै गएपछि

देवीघाटमा एक्रोब्रिज जडान गर्दै नेपाली सेना

काठमाडौं । भदौ १० गते आएको बाढीले त्रिशूली नदीमा रहेका

भोटेकोशी बाढी : त्रिवि शिक्षण अस्पतालमा २४४ शव ल्याइयो, १६१ को अस्थायी व्यवस्थापन

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीमा