७ आश्विन २०८३, बुधबार | September 23, 2026

सामुदायिक विद्यालयमा घटे विद्यार्थी



पर्वत । यहाँका सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या घट्दै जान थालेको छ । कतिपय विद्यालयमा कक्षा नै खाली भएकोसमेत देखिएको छ । अभिभावकको अङ्ग्रेजी मोह, बसाइँसराइ, जन्मदरमा कमी, अभिभावक बजारमा बसेर सन्ततिलाई बजारमै पढाउने कारण गाउँका विद्यालयमा विद्यार्थी घट्दै गएको पाइएको हो ।

दुर्गम ठाउँमा मात्रै नभएर सुगम ठाउँमा पनि विद्यालय खाली हुन थालेको देखिएका छन् । कुश्मा नगरपालिका-९ कटुवाचौपारीस्थित चम्डिलामा रहेको जनप्रिय प्राथमिक विद्यालय पनि रित्तिन थालेको छ । कक्षा १ देखि ५ सम्म पढाइ हुने उक्त विद्यालयमा अहिले ११ मात्रै विद्यार्थी पढ्दै आएका छन् ।

कक्षा ५ मा एक जना पनि विद्यार्थी छैनन् । कक्षा १ मा दुई, कक्षा २ मा तीन, कक्षा ४ मा छ विद्यार्थी रहेका छन् । विगतमा भरिभराउ रहेको सो विद्यालय अहिले खाली भएको हो । प्रधानाध्यापक कमला शर्माले विद्यालयको पढाइ राम्रो भए पनि अभिभावकले विश्वास नै नगर्ने समस्याले विद्यालयको स्थिति कमजोर बनेको बताइन । उनले नजिकैको माध्यमिक विद्यालय, बोर्डिङ स्कुल र सदरमुकामका बोर्डिङमा बालबालिका पढ्न जाने भएकाले आफ्नो विद्यालयमा विद्यार्थी सङ्ख्या न्यून भएको बताइन ।

उक्त विद्यालयमा स्थायी, निजी स्रोत र बालविकासका शिक्षक तथा कार्यालय सहयोग गरेर छ जना कार्यरत छन । विसं २०५६ मा समुदायको आवश्यकता र औचित्यताका आधारमा स्थापना भएको यो विद्यालय समूदायकै चासो र चिन्ता नहुँदा विद्यार्थीविहीन बन्न थालेको सरोकारवाला बताउँछन् ।

प्रधानाध्यापक शर्माले भर्ना अभियान, घरदैलो र विद्यालय सुधारका बारेमा नियमित छलफल चलाउँदै आए पनि अभिभावकले आफ्ना छोराछोरीलाई बोर्डिङमा पठाउँदा विद्यालयमा विद्यार्थी बढ्न नसकेको दुखेसो गरिन । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वासुदेव लामिछानेले समुदाय र शिक्षकको चासो बढ्ने हो भने विद्यालयमा विद्यार्थी बढाउन सकिने बताए । उनले यसका लागि सबैले कोशिस गर्नुपर्ने बताए ।

शिक्षकले नै आफ्ना छोरानातिलाई बोर्डिङमा पठाउने गरेको र अभिभावकले सरकारी विद्यालय भनेर हेलाको दृष्टिले हेर्दा विद्यार्थी सङ्ख्या बढाउन नसकेको लामिछानेले बताए । वडाध्यक्ष राम शर्मा लामिछानेले उक्त विद्यालयको समस्याका बारेमा नगरपालिकामा आफूले धेरै पटक जानकारी दिइसकेको बताए ।

विद्यार्थी सङ्ख्या बढाउन विद्यालय प्रशासन र समुदायलाई ध्यानाकर्षण गराए पनि सुधार हुन नसकेको लामिछानेले बताए । विद्यालयमा विद्यार्थी सङ्ख्या बढाउने वा नजिकैको विद्यालयमा गाभ्ने भन्ने विकल्पमा रहेको जनाउँदै उनले वडाका तर्फबाट सहजताका लागि पहल भइरहेको लामिछानेले बताए । यहाँका ग्रामीण क्षेत्रमा रहेका अधिकांश सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या घट्दै गएको शिक्षा विकास समन्वय एकाइका प्रमुख उद्धिमराज पौडेलले बताए ।

प्रकाशित मिति : ३२ जेष्ठ २०८०, बिहिबार  ४ : ३४ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज