१५ बैशाख २०८१, शनिबार | April 27, 2024

’माउन्ट केटु’ आरोहण गर्न लागेकी पूर्णिमा श्रेष्ठलाई आइएमईले आर्थिक सहयोग गर्ने



काठमाडौ। पाकिस्तानको काराकोरम क्षेत्रमा अवस्थित ८००० मिटर माथिका ५ हिमालहरू चढ्न जादै गरेकी नोपली महिला हिमाल आरोही पूर्णिमा श्रेष्ठलाई आइएमईले सहयोग गर्ने भएको छ ।

पूर्णिमाको यस प्रयासलाई सम्मान तथा साथ दिदै ’आइएमई’ र ’आइएमई पे’ ले पूर्णिमाको आरोहण अभियानमा आर्थिक सहयोग गर्ने भएको हो ।

विश्वका सबै भन्दा उच्च १४ वटा शिखरहरू चढ्ने लक्ष्य राखेकी पूर्णिमाले काराकोरम हिमशृङखलाको ५ विभिन्न शिखर आरोहण गर्ने क्रममा विश्वको दोश्रो अग्लो हिमाल माउन्ट केटु पनि आरोहण गर्न लागेकी हुन् । ७५ दिन लामो सो आरोहण यात्रा जेठ ३० पश्चात् सुरु हुनेछ।

संसारको १४ उच्च शिखर आरोहण गर्ने नेपाली नारी हुने तथा युवा तथा महिला सशक्तिकरण गर्ने लक्ष्यका साथ पूर्णिमाले आफ्नो यो आरोहण यात्रा सुरु गरेकी हुन् । फोटो पत्रकार समेत रहेकी पूर्णिमाले ६ वर्ष अघि पर्वतारोहणको यात्रा सुरु गरेकी हुन् । उनले नेपालमा रहेका ८००० मिटर माथिका ७ वटा शिखरहरू आरोहण गरी सकेकी छिन्।

 

प्रकाशित मिति : ३२ जेष्ठ २०८०, बिहिबार  ५ : १४ बजे

सभापति देउवाद्वारा उपनिर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न भएकामा धन्यवाद ज्ञापन

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले इलाम

इलाम-२ मा शान्तिपूर्ण रूपमा मतदान सकियो

इलाम । इलाम क्षेत्र नं २ मा आज भएको प्रतिनिधिसभा

आचारसंहिता उलंघन गरेपछि रास्वपा उम्मेदवार मिलन लिम्बूमाथि कारवाही थाल्दै आयोग

काठमाडौं । इलाम-२ मा रास्वपाबाट उम्मेदवार बनेका मिलन लिम्बुले निर्वाचन

नेपालको वेस्ट इन्डिज ए माथि शानदार जित

काठमाडौं । कप्तान रोहित पौडेलको शतकमा नेपालले पहिलो टी२० खेलमा वेष्ट

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित

काठमाडौं । आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो लगानी सम्मेलनका