१७ श्रावण २०८३, आइतबार | August 2, 2026

बुटवलबाट सम्पर्कविहिन भएका गुल्मी वामीटक्सारका धर्मेन्द्र प्रधान ५ दिनपछि भेटिए



बुटवल । गुल्मीको मुसिकोट नगरपालिका-७ वामीटक्सार, वामीटक्सार पल्टार बजार घर भएका ७२ वर्षीय धर्मेन्द्र प्रधान सम्पर्कविहिन भएको ५ दिनपछि फेला परेका छन् ।

रुपन्देहीको बुटवल उपमहानगरपालिका-३ ज्योतिनगरबाट आइतबारदेखि प्रधान सम्पर्कविहिन भएका थिए । धर्मेन्द्र बिहिबार भैरहवा आँखा अस्पताल नजिकैबाट फेला परेका हुन् ।

ज्योतिनगर स्थित आफ्नी बहिनीका घरबाट आइतबार बिहान अन्दाजी साढे ६ बजेको समयदेखि हराएका उनलाई खोजिका लागि परिवारको अपिलपछि विभिन्न सञ्चारमाध्येममा समाचार तथा प्रकाशित भएको थियो ।

सोही समाचारलाई आधारमा भैरहवामा रहेको रण अम्बिका आँखा अस्पताल नजिकै रहेको एक होटल सञ्चालककले धर्मेन्द्रलाई फेला पारेपछि परिवारलाई फोन गरी जिम्मा लगाएका थिए ।

उनलाई फेला पारेपछि उनका भाई राजेन्द्र प्रधानले फेला पार्न सहयोग गर्ने सञ्चारमाध्यमहरुलाई धन्यवाद ज्ञापन गरेका छन् ।

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  ९ : २० बजे

बढ्यो पेट्रोल, डिजल र मट्टीतेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको

अभिभावक लक्षित स्वास्थ्य शिविर र रक्तदान, मन्त्रीले गरे रक्तदान

खजुरा । बाँकेको खजुरा स्थित अरुणोदय माध्यामिक विद्यालयले अभिभावक र

सन्तानेश्वर महादेव मन्दिर : धार्मिक पर्यटनको गन्तव्य

नेपालगन्ज । बाँकेको सन्तानेश्वर महादेव मन्दिर धार्मिक पर्यटनको गन्तव्यका रुपमा

प्रहरीको नियन्त्रणमा रहेका कर्मा समूहले यसरी मच्चाउथ्यो लुटपाट

काठमाडौँ । गत असार १३ गते बिहान करिब ४ः०० बजे

क्यान्सर अस्पतालका भौतिक पूर्वाधार निर्माणमा प्रदेश सरकारको सहकार्य हुनेछ : मन्त्री खत्री

नेपालगन्ज । लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री रत्न खत्रीले