१७ श्रावण २०८३, आइतबार | August 2, 2026

योगीकुटी पूर्व र पश्चिमको सडक निर्माण अलपत्र पारिएको भन्दै स्थानीयबाट सडक कार्यालय घेराउ



बुटवल । बुटवलको योगीकुटी पूर्व र पश्चिमको सडक बनाउँदा बनाउँदै अलपत्र छाडिएपछि स्थानीयबासी सडक डिभिजन कार्यालय घेराउ गर्न पुगेका छन् । बनिबनाउ सडक खनेर नयाँ बनाउने भन्दै धुलाम्य पारेर बिचैमा ठेकेदार क्पनीले काम रोकेपछि स्थानीयबासी सडक कार्यालय घेर्न पुगेका हुन् ।

धागो कारखामना-योगीकुटी-मगराघाट-तामनगर सडक अन्तर्गत योगीकुटी खण्डको १८ सय मिटर बिचमै अलपत्र पारेर ठेकेदार कम्पनी सम्पर्क बाहिर गएको भन्दै स्थानीयबासी सडक डिभिजन कार्यालय जानु परेको स्थानीय अगुवा डिल्लीनारायण पाण्डेले बताए । नयाँ कलोपत्रे गर्ने भन्दै बनिबनाउ सडक बिगारेर अलपत्र पारिएको बताउँदै उनले धुलो र सडकबाट उछिट्टिने ढुँगाले सडक किनारका पसलहरु जोखिममा परेको बताए ।

सडक डिभिजन पुगेर उनीहरुले डिभिजन प्रमुख होमबहादुर एसीलाई ज्ञापन पज्ञ बुझाएका छन् । ज्ञापनपत्र बुझ्दै डिभिजन प्रमुख एसीले संघबाट बजेट रोक्का भएका कारण काम रोकिएको बताए । ठेक्का सम्झौता गरिसकेपछि पनि अर्थमन्त्रालयले सो सडकको बाँकी बजेट रोक्का गरिदिएसँगै ठेकेदार कम्पनीले काम रोकेको होे ।

यसअघि २७ फिट रहेको यो सडक ५० फिट कायम गर्ने गरी बिस्तार थालिएको थियो । डिभिजन सडक कार्यालय बुटवलले सडक बिस्तारको अध्ययन गरेर कम क्षति हुन ५० फिट कायम गर्नुपर्ने सुझाव दिएको थियो । सोही सुझावका आधारमा उपभोक्ताहरूले ५० फिट कायम गर्ने गरी निर्माण गर्न भन्दै सरकारसँग बजेट माग गरेपछि तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले सो सडकको शीर्षकमा बजेट बिनियोजन गरेका थिए ।

सरकार परिवर्तनसँगै उक्त सडक्अन्तर्गतको बजेट शीर्षक नै परिवर्तन गर्नाले समस्या देखिएको सडक कार्यालयका अधिकारीहरूको भनाइ छ । सवारीसाधनको अत्यधिक चाप हुने यो सडक दिनभरजसो व्यस्त हुने गर्छ । व्यस्त सडक धुलाम्मे हुँदा स्थानीय बासिन्दाको मात्र नभएर ओहोरदोहोर गर्ने यात्रीहरूको स्वास्थ्य बिग्रिदै गएको पाण्डेले बताए ।

संघीय सरकार अन्तर्गतको सो सडकमा योगीकुटी पूर्वमा एसियाटेक कन्ट्रक्सनले ३ करोड ३७ लाख ७० हजारमा ठेक्का लिएको थियो भने पश्चिम खण्डको सिद्धार्थ दर्शन बीकोन जेभीले ६ करोड ५२ लाख ७४ हजारमा ठेक्का पाएको थियो । हाल सम्म ठेकेदार कम्पनीहरुले सडक पूर्वमा १ करोड १२ लाख बराबरको काम गरेर भुक्तानी लिएको छ भने सडक पश्चिमको ठेकेदारले १ करोड ४३ लाख भुक्तानी लगेको सडक डिभिजन कार्यालयले जनाएको छ ।

बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकाको सिमाना जोड्ने यो सडकले योगीकुटीदेखि मगरघाट पुल हुँदै तिनाउ पारि जोड्ने छ ।

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  ४ : ०४ बजे

बढ्यो पेट्रोल, डिजल र मट्टीतेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको

अभिभावक लक्षित स्वास्थ्य शिविर र रक्तदान, मन्त्रीले गरे रक्तदान

खजुरा । बाँकेको खजुरा स्थित अरुणोदय माध्यामिक विद्यालयले अभिभावक र

सन्तानेश्वर महादेव मन्दिर : धार्मिक पर्यटनको गन्तव्य

नेपालगन्ज । बाँकेको सन्तानेश्वर महादेव मन्दिर धार्मिक पर्यटनको गन्तव्यका रुपमा

प्रहरीको नियन्त्रणमा रहेका कर्मा समूहले यसरी मच्चाउथ्यो लुटपाट

काठमाडौँ । गत असार १३ गते बिहान करिब ४ः०० बजे

क्यान्सर अस्पतालका भौतिक पूर्वाधार निर्माणमा प्रदेश सरकारको सहकार्य हुनेछ : मन्त्री खत्री

नेपालगन्ज । लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री रत्न खत्रीले