१७ बैशाख २०८१, सोमबार | April 29, 2024

माछापुच्छ्रे बैंकले पायो इन्फोसिस फिनाकल इनोवेशन अवार्ड



काठमाडौं । माछापुच्छ्र बैंक लि.ले ग्राहकलाई प्रदान गर्ने डिजिटल सेवाको गुणस्तर र कारोबार संख्यामा उल्लेखनीय वृद्धि गर्दै डिजिटल बैंकिङ्गमा अभुतपूर्व सफलता हासिल गरे सँगै यस बैंक इन्फोसिस फिनाकल इनोवेशन अवार्ड पुरस्कारबाट सम्मानित भएको छ ।

बहुराष्ट्रिय सूचना प्रविधि कम्पनी इन्फोसिस फिनाकल, भारतले प्रदान गर्ने इन्फोसिस फिनाकल इनोवेशन अवार्ड अधिकतम ग्राहक संलग्नता स्वर्ण नामक पुरस्कारबाट माछापुच्छ्रे बैंक लि. सम्मानित भएको हो । विगत दुई वर्षमा बैंकले आफ्नो डिजिटल सेवालाई निरन्तर परिष्कृत गर्नुका साथै उक्त सेवालाई सुरक्षित बनाउन नवीनतम कदमहरू चालेको छ । इन्फोसिस फिनाकलले हरेक वर्ष विभिन्न १० विधामा अवार्ड प्रदान गर्दै आई रहेको छ । कम्पनीले यस वर्ष विश्वभरीबाट २०० भन्दा बढी कम्पनीहरु विभिन्न विधाहरुमा मनोनयनमा परेका थिए ।

माछापुच्छ्रे बैंक लि.ले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १३३ शाखारहित बैंकिङ्ग सेवा, २०३ एटिएम मार्फत १४ लाख भन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

 

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  ५ : १६ बजे

नेपाल लगानीको भरपर्दो गन्तव्य भएको सन्देश प्रवाह भएको छ : सीइओ भट्ट

काठमाडौं । सरकारले आइतबारदेखि काठमाडौंमा तेस्रो लगानी सम्मेलन सुरु गरेको

अत्यधिक गर्मीका कारण भैरहवामा जनजीवन प्रभावित

भैरहवा । विगत एक सातादेखि बढेको अत्यधिक गर्मीका कारण भैरहवालगायत तराइका जिल्लाको

इलाम अपडेट : सुहाङ ५३ सय मतले अगाडि

काठमाडौं । इलाम क्षेत्र नम्बर-२ मा नेकपा (एमाले)का सुहाङ नेम्वाङले

रहेनन् ‘माइतीघर’ फिल्मका अभिनेता सीपी लोहनी

काठमाडौं । निजी क्षेत्रले निर्माण गरेको नेपालको पहिलो सिनेमा ‘माइतीघर’का

महोत्तरीमा दिनहुँजसो आगलागी

महोत्तरी । जारी वैशाखको दोस्रो साता सुरु भएयता महोत्तरीमा दिनदिनैजसो