३० कार्तिक २०८२, आइतबार | November 17, 2025

पतिलाई जेल हालेर ‘ड्रामा क्विन’ राखि शावन्त ‘लभ इन रिलेसन’मा



नयाँ दिल्ली । राखी सावन्तलाई बलिउडकी ‘ड्रामा क्विन’ भनिन्छ । व्यक्तिगतदेखि व्यावसायिक जीवनसम्म उनी सधैं हेडलाइनमा रहन्छिन् । राखी सावन्त प्रायः मिडियासँग पनि कुराकानी गर्छिन् । उनी सधैं आफ्नो व्यक्तिगत जीवनको बारेमा धेरै केही न केही खुलासा गरी राख्छिन् ।

अहिले फेरि एकपटक राखी सावन्त आफ्नो व्यक्तिगत जीवनलाई लिएर चर्चामा छिन् । जसमा उनले आफ्नो लभ लाइफको बारेमा धेरै कुरा गरेकी छन् । जसका कारण उनी फेरी लभ इन रिलेसनमा रहेको अनुमान गरेका छन् ।

यस अघि राखी सावन्त पति आदिल खान दुर्रानीसँग सम्बन्धमा थिइन् । यो सम्बन्धमा उनले निकै समस्या झेल्नु परेको थियो ।

यति मात्र होइन, राखी सावन्तले आदिलले आफूमाथि दुब्र्यबहार गरेको आरोप समेत लगाएकी छिन् । त्यसपछि उनका पतिलाई प्रहरीले पक्राउ गरेको थियो । । पतिलाई जेल पठाएपछि राखी सावन्तको जीवनमा अब अर्को विशेष व्यक्तिको प्रवेश भएको चर्चा छ । यसको खुलासा अभिनेत्री स्वयमले गरेकी छिन् । उनले भनेका छन्, ‘मेरो जीवनमा फेरि धेरै खुसी आओस्, जिन्दगीमा धेरै रोएँ । वास्तवमा म डिप्रेसनमा थिएँ त्यसैले भागेर दुबई गएँ । अहिले त्यहाँबाट धेरै मलम ल्याएको छु । आराम आउनेछ। मलम बिना कसरी बाँच्ने ?’

राखी सावन्तको यो बयानपछि सबैले उनी फेरि प्रेममा परेकी छन् भन्न थालेका छन् । तर, भिडियोको कमेन्टमा अभिनेत्रीले यस विषयमा स्पष्टिकरण दिएकी छिन् । उनले आफ्नो कमेन्टमा लेखेकी छन्, ‘मलाई पनि अन्तिम दिनसम्म खुसी रहने अधिकार छ । त्यसैले मलाई न्याय गर्नुहोस् । म खुसी हुन चाहन्छु म सिंगल छु, कुनै सम्बन्धमा छैन । त्यसैले म फेरि मायामा परें भनी नभन। धेरैले मलाई माया गर्छन् तर म अविवाहित छु । यसका अलावा उनले अन्य टिप्पणी पनि गरेका छन् ।

प्रकाशित मिति : २ असार २०८०, शनिबार  ८ : ०५ बजे

भैरहवामा श्रीमती हत्या गरेको आरोप लागेका वीरबहादुर बुटवल बसपार्कबाट पक्राउ

बुटवल । आफ्नै श्रीमतीको हत्या गरेको आरोप लागेका एक व्यक्तिलाई

होटल कल्पतरुले मनायो १० औं वार्षिकोत्सव, कर्णाली र सुदूरपश्चिममा सेवा विस्तारको घोषणा

नेपालगन्ज । नेपालगन्जमा विगत १० वर्षदेखि हस्पिटालिटी सेवा दिँदै आएको

निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक (मस्यौदासहित)

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि निर्धारित

एकीकृत निर्वाचन सुरक्षा योजना–२०८२ गृहमन्त्रालयद्वारा स्वीकृत

काठमाडौँ । आगामी फागुन २१ गते घोषणा गरिएको प्रतिनिधिसभा सदस्य

फिनिक्स कलेज अफ म्यानेजमेन्टले राष्ट्रिय क्रिकेट कप्तान रोहित पौडेललाई दियो पूर्ण छात्रवृत्ति

काठमाडौ । फिनिक्स कलेज अफ म्यानेजमेन्टले राष्ट्रिय क्रिकेट कप्तान रोहित