७ फाल्गुन २०८२, बिहिबार | February 19, 2026

पतिलाई जेल हालेर ‘ड्रामा क्विन’ राखि शावन्त ‘लभ इन रिलेसन’मा



नयाँ दिल्ली । राखी सावन्तलाई बलिउडकी ‘ड्रामा क्विन’ भनिन्छ । व्यक्तिगतदेखि व्यावसायिक जीवनसम्म उनी सधैं हेडलाइनमा रहन्छिन् । राखी सावन्त प्रायः मिडियासँग पनि कुराकानी गर्छिन् । उनी सधैं आफ्नो व्यक्तिगत जीवनको बारेमा धेरै केही न केही खुलासा गरी राख्छिन् ।

अहिले फेरि एकपटक राखी सावन्त आफ्नो व्यक्तिगत जीवनलाई लिएर चर्चामा छिन् । जसमा उनले आफ्नो लभ लाइफको बारेमा धेरै कुरा गरेकी छन् । जसका कारण उनी फेरी लभ इन रिलेसनमा रहेको अनुमान गरेका छन् ।

यस अघि राखी सावन्त पति आदिल खान दुर्रानीसँग सम्बन्धमा थिइन् । यो सम्बन्धमा उनले निकै समस्या झेल्नु परेको थियो ।

यति मात्र होइन, राखी सावन्तले आदिलले आफूमाथि दुब्र्यबहार गरेको आरोप समेत लगाएकी छिन् । त्यसपछि उनका पतिलाई प्रहरीले पक्राउ गरेको थियो । । पतिलाई जेल पठाएपछि राखी सावन्तको जीवनमा अब अर्को विशेष व्यक्तिको प्रवेश भएको चर्चा छ । यसको खुलासा अभिनेत्री स्वयमले गरेकी छिन् । उनले भनेका छन्, ‘मेरो जीवनमा फेरि धेरै खुसी आओस्, जिन्दगीमा धेरै रोएँ । वास्तवमा म डिप्रेसनमा थिएँ त्यसैले भागेर दुबई गएँ । अहिले त्यहाँबाट धेरै मलम ल्याएको छु । आराम आउनेछ। मलम बिना कसरी बाँच्ने ?’

राखी सावन्तको यो बयानपछि सबैले उनी फेरि प्रेममा परेकी छन् भन्न थालेका छन् । तर, भिडियोको कमेन्टमा अभिनेत्रीले यस विषयमा स्पष्टिकरण दिएकी छिन् । उनले आफ्नो कमेन्टमा लेखेकी छन्, ‘मलाई पनि अन्तिम दिनसम्म खुसी रहने अधिकार छ । त्यसैले मलाई न्याय गर्नुहोस् । म खुसी हुन चाहन्छु म सिंगल छु, कुनै सम्बन्धमा छैन । त्यसैले म फेरि मायामा परें भनी नभन। धेरैले मलाई माया गर्छन् तर म अविवाहित छु । यसका अलावा उनले अन्य टिप्पणी पनि गरेका छन् ।

प्रकाशित मिति : २ असार २०८०, शनिबार  ८ : ०५ बजे

नेकपा एमालेले आज घोषणापत्र सार्वजनिक गर्ने

काठमाडौं । नेकपा (एमाले)ले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज

नेपाल-पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्रको बैठक शुक्रबार

लिस्बन । नेपाल-पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्रको पहिलो बैठक शुक्रबार लिस्बनमा

टिभिएस एनटर्क १२५ का १ लाख ५० हजारभन्दा बढी प्रयोगकर्ता, देशभर विशेष उत्सव आयोजना गरिने

काठमाडौं । नेपालको दुई पाङ्ग्रे सवारीसाधन बजारमा ऐतिहासिक उपलब्धि हासिल

आईसीसी पुरुष टी-२० विश्वकप २०२६ को ‘सुपर ८’ समीकरण पूरा

काठमाडौं । आईसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत ‘सुपर ८’

बुटवलका युवा उद्यमीको विश्वास : अर्थतन्त्र सुधारमा विष्णु पौडेलको भूमिका महत्त्वपूर्ण

बुटवल । बुटवलका युवा उद्यमीहरूले नेपालको खस्किँदो अर्थतन्त्रलाई सही दिशामा