२९ मंसिर २०८२, सोमबार | December 15, 2025

बर्षाले नेपाल र हङकङबीचको खेल रद्ध, अंक बाँडदै नेपाल खेलवाटै बाहिरियो



हङकङ । अन्तिम समयमा आएर नेपाल र हङकङ बीच हुने भनिएको खेल रद्ध हुन पुगेको छ । एसिसी वुमन्स इमर्जिङ टिम्स एसिया कपको अन्तिम खेलमा मैदानमा जान लागेकै बेला सुरु भएको वर्षाको कारण हङकङ र नेपालबीचको खेल रद्द भएको हो ।

आज पनि वर्षाको कारण खेल हुन नसकेपछि दुवै टोलीले १–१ अंक बाँडन बिवश भएका थिए । साथै, समान अंक बाँडेका दुवै टोली एकैपटक प्रतियोगितावाट बाहिरिएका छन् ।

आज खेल रद्ध भएसँगै सो समुहवाट तेस्रो स्थानमा रहँदै नेपाल बाहिरिएको हो भने नेपालसँग खेल रद्ध भए पछि हङकङ भने ३ खेलमा २ अंकका साथ पुछारमा रहेर बाहिरिएको हो ।

नेपाल पहिलो खेलमा पाकिस्तानसँग ९ रनले पराजित भएको थियो भने बर्षाको कारण खेल रद्ध भए पछि भारतसँग अंक बाँड्नु परेको थियो । नेपाल ३ खेलमा १ मा हार र दुई खेलमा अंक बाँड्दै २ अंकका साथ तेस्रो स्थानमा रहेर बाहिरिएको नेपाल क्रिकेट संघले जानकारी दिएको छ ।
सो समुहका भारत र पाकिस्तान भने समान दुई खेलमा एकमा जित र एक खेलमा अंक बाँड्दै ३–३ अंकका साथ शीर्ष र दोस्रो स्थानमा छन् ।

प्रकाशित मिति : २ असार २०८०, शनिबार  १० : ०३ बजे

अबको निर्वाचनपछि बन्ने सरकारको नेतृत्व गर्नेगरी अगाडि बढ्नुपर्छ : मन्त्री घिसिङ

धुलिखेल । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नयाँ शक्तिहरू

योजना आयोगको उपाध्यक्षमा डा प्रकाश श्रेष्ठ

काठमाडौँ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा प्रकाशकुमार श्रेष्ठ

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष