७ फाल्गुन २०८२, बिहिबार | February 19, 2026

रामलाई जीसस जस्तो देखाईएको भन्दै ‘आदिपुरुष’ विरुद्ध दिल्ली अदालतमा मुद्दा



नयाँदिल्ली ।  रिलिज हुनुअघि नै विवादमा परेको बलिउड चलचित्र ‘आदिपुरुष’ रिलिज पछि पनि थप विवादमा परेको छ ।

फिल्ममा देखाईएको रामायणको कथा र संवादको स्तरसँग छेडछाड गरेर दर्शकको भावनामा चोट पुर्‍याएको भन्दै  हिन्दू सेनाले ‘आदिपुरुष’  विरुद्ध दिल्ली उच्च अदालतमा रिट दायर गरेको छ । यस याचिकामा हिन्दू सेनाले आदिपुरुष’ को सार्वजनिक प्रदर्शनमा प्रतिबन्ध लगाउन माग गरेको छ ।

हिन्दू सेनाका राष्ट्रिय अध्यक्ष विष्णु गुप्ताले ‘आदिपुरुष’  विरुद्ध दिल्ली उच्च अदालतमा जनहित याचिका दायर गरेको जानकारी दिए । उनका अनुसार ‘आदिपुरुष’ विरुद्ध दायर गरिएको रिट निवेदनमा भनिएको छ कि यो भारतीय संविधानको धारा २२६ अन्तर्गत जनहित याचिका हो। जस अनुसार धार्मिक नेता, पात्र रव्यक्तिलाई गलत देखाउन पाइने छैन् भने त्यसैले सो फिल्मका आपत्तिजनक दृश्य तत्काल हटाउनु पर्नेछ र फिल्मलाई सार्वजनिक प्रदर्शनमा रोक लगाउनु पर्नेछ ।

निवेदनमा ‘आदिपुरुष’ लाई फिल्ममा धर्मगुरु, पात्र र व्यक्तित्वलाई गलत ढंगले प्रस्तुत गरी हिन्दू समुदायको भावनामा चोट पुर्‍याएको आरोप लगाइएको छ । महर्षि वाल्मीकि जस्ता लेखकले लेखेको रामायणमा हिन्दू धर्मका पात्रहरूलाई जसरी भनिएको छ, त्यसैगरी फिल्ममा नदेखाई गलत रुपमा ब्याख्यासमेत गरी नयाँ नयाँ अविश्वनिय दृश्य देखाइएको छ । रामलाई जीसस जस्तो देखाईएको, सुनको दरबारमा बस्ने रावणलाई अजिंगरको घेरामा बसेको देखाईएको मात्रै नभई राम, सीता, लक्ष्मण, रावणका संबाद पनि कतिपय ठाउँमा रयापरको जस्तो भएको भन्दै उनीहरुले आपत्ति जनाएका हुन् ।

निर्देशक ओम राउतको ‘आदिपुरुष’  हिन्दू महाकाव्य रामायणमा आधारित फिल्म हो । फिल्ममा प्रभास ‘भगवान राम’, कृति सेनन ‘सीता’ र सन्नी सिंह ‘लक्ष्मण’ को भूमिकामा छन् । यो सँगै सैफ अली खानले ‘रावण’ को भूमिका निभाएका छन् ।

ट्रेलर रिलिज भएदेखि नै विवादमा परेको यो फिल्मपछि निर्माताले धेरै परिवर्तन गर्नुपरेको थियो । अहिले यो फिल्म रिलिज भएको छ, जसलाई हेरेपछि दर्शकले मिश्रित प्रतिक्रिया दिइरहेका छन् ।

नेपालमा पनि ‘जानकी भारतीय छोरी हुन’ भन्ने संबाद राखे पछि काठमाडौं महानगरपालिकाले सो फिल्मको प्रदर्शनमा रोक लगाएको थियो । अन्ततः सेन्सर बोर्डले सो संबाद विप गरे पछि नेपालमा प्रदर्शन गरिएको थियो ।

प्रकाशित मिति : २ असार २०८०, शनिबार  १० : ५३ बजे

देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा

‘अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि २०८२’ जारी

काठमाण्डौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन

सहिद परिवारले दिए प्रचण्डलाई निर्वाचन खर्च

रुकुमपूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ुप्रचण्डुलाई सहिद

नागरिकका सम्पत्ति ध्वस्त पार्ने प्रवृत्तीको अन्त्य गर्नुपर्छ : उम्मेदवार पुन

खजुरा । नेपाली कांग्रेसको तर्फबाट बाँके प्रतिनिधि सभा क्षेत्र नम्बर

प्रतिज्ञापत्रबारे सभापति थापासँग भोलि बिहीबार खुला प्रश्नोत्तर

ललितपुर । नेपाली कांग्रेसले चुनावी प्रतिज्ञापत्रमा समेटिएका विषयमा खुला प्रश्नोत्तर