२४ कार्तिक २०८३, मंगलबार | November 10, 2026

तिब्बत पुगेर राष्ट्रियसभा अध्यक्षले भने, ‘कालिगण्डकी करिडर पुरा हुनै लाग्यो, कोरोला नाका खोलौं’



तिब्बत । राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालको भूमिलाई चीनको अखण्डतामा आँच आउने गतिबिधीका लागि प्रयोग हुन नदिने प्रतिबतता दोहो¥याएका छन् ।

चीनको स्वशासित क्षेत्र तिब्बतमा आयोजित पाँचौ चीन तिब्बत पर्यटन तथा संस्कृति एक्स्पोलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले नेपाल सँधै एक चीन नीतिको पक्षमा स्पष्ट रूपमा अडिग रहेका कारण आफ्नो भूमिलाई चीनको अखण्डतामा आँच आउने गतिविधिका लागि प्रयोग हुन नदिन प्रतिबद्ध रहेको दोहो¥याएका हुन ।

विश्व शक्तिको रूपमा उदाएको चीनले भौगोलिक र सामरिक हिसाबले सानो छिमेकी मुलुक नेपालको भौगोलिक अखण्डता र सार्वभौमसत्ताको सम्मान गर्दै आएका उनको भनाई थियो । ‘नेपालपनि सँधै एक चीन नीतिको पक्षमा स्पष्ट रूपमा अडिग छ र आफ्नो भूमिलाई चीनको अखण्डतामा आँच आउने गतिविधिका लागि प्रयोग हुन नदिन प्रतिबद्ध छ,’ उनले भने, ‘शान्तिपूर्ण सह अस्तित्वका पाँच सिद्धान्तका आदर्शहरूमा दुवै देशको अटल विश्वास छ ।’ एक हजार चार सय किलोमिटर लामो सिमाना जोडिएका चीन र नेपाल दुई छिमेकी देशहरू एक अर्काको स्वाभिमान, अस्तित्व र अखण्डताको सँधै सम्मान गर्दै आएको उनको भनाई थियो ।

विश्व व्यवस्थालाई न्यायोचित, समावेशी, निष्पक्ष र नियममा आधारित बनाउन, आर्थिक विश्व व्यापीकरण र बहुपक्षीयतालाई प्रबद्र्धन गर्न र गरिबी निवारणमा चीनले हासिल गरेको उपलब्धी विश्वका लागि एक अनुपम उदाहरण बनेको चर्चा गर्दै अध्यक्ष तिमिल्सनाले विकासोन्मुख र अतिकम विकसित मुलुकहरुको हित प्रवद्र्धनार्थ चीनले खेल्दै आएको नेतृत्वदायी भूमिकाको सरहना गरेका छन् ।

उनले नेपाल र तिब्बतबीच ऐतिहासिक समयदेखि चलिआएका व्यापार र लगानी नेपाल र चीन बीचको द्विपक्षीय सम्बन्धका आधारभूत खम्बा भएको बताएका छन् । कोभिड महामारीका समयमा नेपाल र चीन बीचको व्यापार र लगानीका गतिविधिहरु प्रभावित भएको तथा अहिले तीनवटा नाकाहरु खुला भएकाले यसले व्यापार र लगानीमा प्रर्वद्धन गर्ने बिश्वाससमेत ब्यक्त गरे ।

अध्यक्ष तिमिल्सिनाले मुस्ताङ र तिब्बतको ढोङवासेन जिल्लाको सिमानामा पर्ने कोरल्ला नाकालाई छिटो सञ्चालन गर्न आवश्यक रहेकासमेत बताए । नेपालको उत्तरमा तिब्बत र दक्षिणमा भारत जोड्ने कालीगण्डकी करिडोर निर्माण अन्तिम चरणमा पुगेको कारण नाका सञ्चालन गर्दा कालीगण्डकी करिडोर हुँदै मानसरोवर यात्रा समेत छोटो र सहज हुने भएकाले भन्सार नाका जति सक्दो छिटो सञ्चालनमा ल्याउन आवश्यक भएको उनको भनाई थियो ।

कोराला नाकामा तिब्बततर्फ भन्सार पूर्वाधारको निर्माण कार्य तीव्र रुपमा अगाडी बढिरहेको छ तर नेपालतर्फ भन्सार पूर्वाधारको निर्माण कार्य शुरु गर्न नसकिएको अबस्थामा नेपालतर्फ भन्सार पुर्वाधार बनाउन तिब्बत सरकारको सहयोगको अपेक्षा गरेकोसमेत बताए ।

नेपालको मुस्ताङ जिल्ला र तिब्ब्तको ढोङवासेन जिल्लाको सिमानामा हरेक वर्ष जुन र सेप्टेम्बर महिनामा लाग्दै आएको नेचुङ (लिक्ची) मेला रोकिएको हुँदा मेला सुचारु गर्न पनि उनको आग्रह थियो । कोभिड महामारीको समयमा रोकिएको मेला शुरु नहुँदा च्याङ्ग्रा, पस्मिना, नुन, लत्ताकपडा, खाद्यान्न लगायतका बस्तुको आयात निर्यात ठप्प भएको र यसले नेपालको उपल्लो मुस्ताङका बासिन्दा प्रभावित भएको जानकारी गराएका छन ।

नेपालबाट तिब्बततर्फ निकासी हुने जनवारको आहारमा प्रयोग हुने तयारी घाँस तथा  फलफूल, तरकारी र जडिबुटी जस्ता कृषिजन्य उत्पादनको निकासीमा तिब्बत सरकारले भन्सार प्रकृया सहजीकरण गर्दा दुई देशबीचको व्यापार असन्तुलन घट्ने बिश्वास पनि ब्यक्त गरेका छन । काठमाडौँ देखि  ल्हासा, पोखरा र भैहरवा  सीधा उडान सुचारू गर्दै कैलाश मानसरोवर यात्रा अनुमतिको प्रकृयामा सहजीकरण भएमा दुवै देशमा पर्यटकीय गतिविधहरु बढ्ने भन्दै तिब्बत सरकारको ध्यानाकर्षण गराएका छन ।

प्रकाशित मिति : २ असार २०८०, शनिबार  ६ : २२ बजे

सोनिया गान्धीको संस्मरणमा प्रेम र सङ्घर्ष

नयाँ दिल्ली । भारतको प्रमुख विपक्षी दल काङ्ग्रेसले प्रधानमन्त्री नरेन्द्र

भोजपुरका किसानलाई धान भण्डारणको चटारो

भोजपुर । धानबाली भित्र्याउने चटारो बढेसँगै भोजपुरका किसानलाई यस वर्ष

नेपाल संवत् राष्ट्रिय पहिचान र एकताको प्रतीक : प्रचण्ड

काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल संवत्लाई नेपालको

सञ्चारमन्त्री डा तिमिल्सिना आइटियू सम्मेलनमा सहभागी : विभिन्न देशका समकक्षीसँग भेटवार्ता

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले अन्तरराष्ट्रिय दूरसञ्चार

पर्वतीय क्षेत्रको जलवायु उत्थानशीलताका लागि अनुकूलन वित्तको पहुँच बढाउनुपर्नेमा नेपालको जोड

अन्ताल्या । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका असरबाट पर्वतीय क्षेत्रलाई