१५ भदौ २०८३, सोमबार | September 1, 2026

प्रथम राइजिङ स्टार खुला टेनिस प्रतियोगितामा बुटवलका निश्चललाई स्वर्ण



काठमाडौं । प्रथम राइजिङ स्टार खुला टेनिस प्रतियोगितामा बुटवलका निश्चल ज्ञवालीले यु—१० उमेर समुहमा विजेता बन्दै स्वर्ण पदक जितेका छन । उनले फाईनलमा पोखराका आरएस पौडेललाई ६—३, ६—४ को सोझो सेटमा पराजित गर्दै स्वर्ण पदक जितेका हुन् ।

सो खेलमा काठमाडौंमा सुजन कुँइकेल र बिश्व डल्लाकोटी तृतिय भए । यसैगरि यु—९  उमेर समुहमा संघर्ष फौज्दार तृतिय भए । यु – ९ समुहमा पोखराका आरएस पौडेलले स्वर्ण हात पारे भने बुटवलका निश्चल ज्ञवालीले दोस्रो स्थान प्राप्त गरे । उता यु—१२ समुहमा काठमाडोंका अशोक हाडाले स्वर्ण हात पार्दा बुटवलका सनवाज हुसैन तृतिय भए । यु—१४ उमेर समुहमा काठमाडौंका बोरिस अधिकारीले स्वर्ण हासिल गर्दा बुटवलका वृजेश अर्याल दोस्रो तथा मेन्स डबल्समा आशिष गुरुङ र राफा विष्णु तेस्रो भए ।

काठमाडौं बाहिर पोखरा र बुटवलमा लनटेनिस खेल बिकास भैरहेको रुपन्देही जिल्ला लनटेनिस संघका अध्यक्ष गोपाल ज्ञवालीले बताए । बुटवलमा पछिल्लो समय युवा खेलाडी उत्पादन गर्ने लक्ष्यसहित नियमित अभ्यास गराईदै आएको ज्ञवालीले बताए ।

प्रतियोगितमा बुटवलबाट जुनियर र सिनियर गरि १५ जना खेलाडीहरुले विभिन्न समुहमा भाग लिएका थिए । देविनगरस्थित लन टेनिस कोर्टलाई स्तरवृद्धिको पहल भैरहेको जानकारी दिँदै उनले थप २ वटा कोर्ट बिस्तार गरि अन्तराष्ट्रियस्तरको मापदण्डको बनाइने जनाए ।

एक कार्यक्रमकाबीच प्रतियोगिताका विजेता, उपविजेता खेलाडीहरुलाई पूर्व उपप्रधानमन्त्री कमल थापा, नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणा र महासचिव मनोहरदास मुल, आयोजक एकेडेमीका अध्यक्ष रविन प्रधान र प्रमुख कार्यकारी अधिकृत सिमान्त गुरुङले पुरस्कृत गरे । नेपाली टेनिसकै सर्वाधिक पुरस्कार राशीको प्रतियोगितामा खुला, भेट्रान र जुनियर गरी २४ स्पर्धामा प्रतिस्पर्धा भएको थियो । प्रत्येक स्पर्धाका पदक विजेतालाई पुरस्कार प्रदान गरिएको थियो । असार २७ गतेदेखि सुरु प्रतियोगितामा २ सय ६२ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

प्रकाशित मिति : ३ असार २०८०, आइतबार  ३ : ४७ बजे

मेस्सीले लिए अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने निर्णय

मियामी । अर्जेन्टिना राष्ट्रिय टोलीका कप्तान तथा जादुमयी फुटबल खेलाडी

लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग

दाङ । लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूले आधा महिना बराबरको पारिश्रमिकबाट

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत

‘दौडिन्छिन् हजुरआमा’ स्थगित

नेपालगन्ज । नेपालगन्जमा भदौ २१ गते आयोजना गर्ने तयारी गरिएको

हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सरकार बाढी प्रभावितहरुको खोज, उद्धार,