७ आश्विन २०८३, बुधबार | September 23, 2026

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दैछ । पार्टी स्थापना दिवसको कार्यक्रम तय गर्न तथा ‘नयाँ युगको संकल्प’ नामक सैद्धान्तिक दस्ताबेजबारे छलफल गर्न उक्त बैठक बस्न लागेको हो ।

संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारका अनुसार असार ७ गतेको स्थापना दिवस कसरी मनाउने भन्नेबारे बैठकमा छलफल हुनेछ ।

रास्वपाको नीति तथा विचार विभागले तयार पारेको सैद्धान्तिक मस्यौदामा पार्टीभित्र तीव्र मतभेद भए पछि त्यसलाई टुंगो लगाएर असार ७ गते औपचारिक रुपमा सार्वजनिक गर्ने योजनासहित बैठक बस्न लागेको हो । बैठकमा उक्त मस्यौदा माथी पनि छलफल हुने उनले जानकारी दिए ।

महामन्त्री मुकुल ढकालको संयोजकत्वमा कमल सुवेदी र रमेश प्रसाईं सदस्य रहेको मस्यौदा समितिले ६२ पृष्ठ लामो दस्ताबेज तयार पारेको थियो, जुन दस्तावेजमा उल्लिखित शासकीय स्वरूप, संघीयतालगायतका बिषयमा केन्द्रिय नेताहरु बिचमा नै बिबाद देखा परेको छ । सो बिषयमा पनि प्रारम्भिक छलफल हुने जनाईएको छ ।

प्रकाशित मिति : ४ असार २०८०, सोमबार  ८ : ४३ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज