२० बैशाख २०८३, आइतबार | May 3, 2026

पूर्वी पहाडमा बाढीपहिरोको बितण्डा, प्रधानमन्त्री प्रचण्डद्वारा निरीक्षण



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आठजनाको ज्यान जाने गरी आएको पूर्वी पहाडी जिल्लाको बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण निस्किएका छन् ।

प्रधानमन्त्री प्रचण्डसहित उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र सहरी विकासमन्त्री सीता गुरुङ तथा प्रभावित क्षेत्रका जनप्रतिनिधिहरु योगेश भट्टराई, बसन्त नेङ्वाङ, दिपक खड्का, राजेन्द्र कार्की ९कोशी प्रदेशसभा० बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षणमा गएका हुन् ।

नेपाली सेनाको हेलिकप्टरमार्फत उनीहरुले प्रभावित क्षेत्रको अवलोकन गर्नेछन् । साथै सो टोलीमा नेपाली सेनाका प्रधानसेनाप,ि गृह मन्त्रालयका बिपत हेर्ने प्राविधिक इन्जिनियर र प्रधानमन्त्री कार्यालयका विपत हेर्ने अधिकृत पनि सहभागी रहेका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्डको निर्देशनमा प्रभावित क्षेत्रमा नेपाली सेनाको हेलिकप्टरमार्फत उद्दारको काम जारी छ। बाढी र पहिरोमा फसेकालाई उद्दार गरिएको छ भने सोमबार नै भौतिक पूर्वाधार मन्त्रालयद्वारा केन्द्रीय सडक संजालबाट अलगावमा परेका पाचथर र ताप्लेजुङलाई जोड्न बेलिबृजको सामान प्रभावित क्षेत्रमा पठाइएको सचिवालयले जनाएको छ।

गत शनिबारयता परेको अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण पूर्वी नेपालमा ८ जनाको मृत्यु भएको छ भने २८ जना बेपत्ता भएका छन् । प्रहरीका अनुसार तीन जना महिला र २५ जना पुरुष बेपत्ता भएका हुन् ।

संखुवासभामा १८ जना बेपत्ता छन् । पाँचथरमा तीन, ताप्लेजुङमा तीन, भोजपुरमा दुई जना बेत्तपा भएका छन् । उनीहरूको खोजी कार्य भइरहेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । पाँचथरमा १२ वटा पुलमा क्षति पुगेको छ भने मेची राजमार्ग अवरुद्ध भएको छ ।

प्रकाशित मिति : ४ असार २०८०, सोमबार  १ : ४८ बजे

‘सरकार प्रेस स्वतन्त्रता कुण्ठित गर्ने दिशामा अघि बढ्यो’

नेपालगन्ज । नेपालगन्जका अगुवा पत्रकारहरुले सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति

लिपुलेक, लिम्पियाधुरा र कालापानीबारे बोल्यो सरकार

काठमाडौँ । सरकारले लिपुलेक क्षेत्र नेपालको अभिन्न भू–भाग भएको प्रष्टीकरण

आगलागीबाट बत्तीस लाख बराबारको क्षति

काठमाडौँ । देशका विभिन्न भागमा भएका आगलागीका घटनामा रु ३२

‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले ‘होल्डिङ सेन्टर’का

राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाए संवैधानिक परिषद् अध्यादेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश सरकारलाई फिर्ता