२ पुस २०८२, बुधबार | December 17, 2025

बुटवलमा लागुऔषधसहित रामेछापका एक युवक पक्राउ



बुटवल । बुटवलमा लागुऔषधसहित रामेछापका एक युवा पक्राउ परेका छन । बुटवल उपमहानगरपालिका वडा नम्बर ६, लुम्बिनी प्रादेशिक अस्पतालअगाडीबाट लागुऔषधसहित प्रहरीले रामेछाप नगरपालिका-४ घर भई कास्की जिल्ला पोखरा महानगरपालिका-६ बस्ने ३६ वर्षीय प्रबिन थापालाई पक्राउ गरेको हो ।

शनिबार दिउसो शंकास्पद अवस्थामा देखेपछि प्रहरीले खानतलासी गर्ने क्रममा लागुऔषधसहित युवालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक दान बहादुर थापाले जानकारी दिए ।

थापाको साथबाट प्रहरीले फेनरागन २ एमएलको ४८ एप्पुल (सिसि), नुफिन २ एमएलको ४८ एप्पुल (सिसि) र डाइजेपाम २ एमएलको ४८ एप्पुल (सिसि) बरामद गरिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । ओसारपसारमा संलग्न ती युवालाई पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको प्रहरी नायव उपरिक्षक थापाले जनकारी दिए ।

प्रकाशित मिति : ४ असार २०८०, सोमबार  ५ : ०८ बजे

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन

खानेपानीको सङ्कट झेल्दै चुरेफेदका मेनहर्वावासी

सिरहा । लहान नगरपालिका-१५ स्थित मेनहर्वा बस्तीका स्थानीय लामो समयदेखि

‘नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको छ’

काठमाडौं । नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको

क्यान्सर अस्पताललाई चिनियाँ सहयोग

काठमाडौं । यहाँस्थित चिनियाँ दूतावासले भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर

नेपाल-चीन आर्थिक सहकार्यमा जोड

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले नेपाल-चीन आर्थिक सहकार्य र लगानी