२४ मंसिर २०८२, बुधबार | December 10, 2025

लुम्बिनी प्रदेशका १ हजार ६२ क्रियाशील पत्रकारको दुर्घटना बीमा



बुटवल । लुम्बिनी प्रदेशका १ हजार ६२ क्रियाशील पत्रकारको एकमुष्ट दुर्घटना बीमा गरिएको छ । पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिको पहलमा प्रदेशका क्रियाशील एक हजार ६२ जना पत्रकारको सामूहिक दुर्घटना बीमा गरिएको हो ।

प्रदेश सरकारको सहकार्यमा एक हजार ६२ जना पत्रकारको एक पत्रकार बराबर ६ लाख २५ हजार रुपैयाँको दुर्घटना बीमा गरिएको महासंघका लुम्बिनी प्रदेश महासचिव विक्रम खड्काले जानकारी दिए ।

पत्रकारको दुर्घटना बीमाका लागि आन्तरिक मामिला कानून तथा सहकारी मन्त्रालयका शाखा अधिकृत तुल्सीराम पौडेल, राष्ट्रिय बीमा कम्पनी भैरहवाका शाखा प्रमुख सुशील पाण्डे र नेपाल पत्रकार महासंघका लुम्बिनी प्रदेश अध्यक्ष वसन्त गिरीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

दुर्घटना बीमामा पत्रकारको दुर्घटनामा मृत्यु भएमा, स्थायी तथा अस्थायी अंगभंग भएमा औषधी उपचार तथा आतंकवादबाट हुने जोखिमको रक्षावरण गर्ने उल्लेख गरिएको छ ।

पत्रकारको दुर्घटना बीमा गर्न आगामी वर्षको लागि पनि बजेट विनियोजन गरिएको आन्तरिक मामिला कानून तथा सहकारी मन्त्रालयका सचिव लालबाबु कवारीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : ४ असार २०८०, सोमबार  १० : १३ बजे

कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव

काठमाडौँ । नेपाली कांग्रेसको क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिको संयोजकमा

कांग्रेस बाँकेबाट सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस

नेपालगन्ज । नेपाली कांग्रेसले बाँकेबाट आगामी फागुन २१ गते हुने

सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति (पूर्णपाठ)

काठमाडौँ । नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति

वहुविवाह आरोपमा डीएसपी मधु नेपाल पक्राउ

बुटवल । नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपार्ल