१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

‘आदिपुरुष’मा राम बन्न इच्छुक थिएनन् प्रभास



मुम्बई । निर्देशक ओम राउतको फिल्म ‘आदिपुरुष’ रिलिज हुनासाथ विवादमा आएको छ । पहिलोपटक जब फिल्मको ट्रेलर रिलिज भयो, तब यो फिल्म सामाजिक सञ्जालमा ट्रोल बनेको थियो । त्यसपछि ट्रेलरमा केही परिवर्तन गरिए ।

त्यसो त ट्रेलर पनि दर्शकले खासै मनपराएका थिएनन्, तर पनि दर्शकमा फिल्मले आफ्नो चाहना पुरा गर्नेमा आशावादी थिए । जून १६ मा जब फिल्म रिलिज भयो, तब दर्शकहरुको निशानमा फिल्म पर्यो । पौराणिक कथामा आधारित फिल्ममा जुन प्रकारले संवाद र भीएफएक्सको प्रयोग भयो, त्यो कुरा दर्शकका लागि अपाच्य भयो ।यसको परिणाम स्वरुप फिल्मविरुद्ध सामाजिक सञ्जालदेखि सडकसम्म रिस पोखिए ।

फिल्म ‘बाहुबली’मा सबैलाई आफ्नो शरीर र अभिनयले मोहित पारेका प्रभास पनि ‘राम’को रुपमा दर्शकको मनमा बस्न सकेनन् । निर्देशक राउतका अनुसार फिल्ममा प्रभास पनि रामको भूमिकामा अभिनय गर्न इच्छुक थिएनन् । तर निर्देशक राउतले उनलाई मनाएरै छोडे ।

‘साँचो कुरा भन्नु पर्दा प्रभासलाई मनाउनु सजिलो थिएन, किनकी महामारीको समयमा मेरो ऊसँग फोनमा कुराकानी भएको थियो । कुराकानीका क्रममा प्रभासले मलाई यस्तो के छ कि म यो भूमिका निभाओस् भन्ने तपाईं चाहनुहुन्छ भनेर सोधे । त्यसपछि मैले ‘के तिमी ठीक त छौ ? मेरो अर्थ हो कि म चाहन्छु तपाई प्रभु श्रीरामको भूमिका निभाउनुहोस् । म चाहन्छु कि तपाईं राघवको भूमिका निभाउनुहोस् ।

उनले भने पक्का ? मैले हो भनें । तर फेरी ऊ सोच्न थाल्यो कि यो कसरी हुन्छ ? यति ठूलो स्टारलाई जुममा कल गरेर फिल्मको कथा सुनाउनु असम्भव थियो ।

त्यसै दिन मैले एक पाइलट व्यवस्था गरें र मुम्बईबाट हैदराबाद आएँ’, ओमले भनेका छन् । उनले अगाडि भनेका छन्, ‘म हैदराबाद गएँ र जब मैले उनलाई फिल्म सुनाएँ, तब उसले सहमति जनायो । ऊ निकै उत्साहित थियो । ऊ जहिल्यै एक यस्तो व्यक्ति हो, जसले मेरो समर्थन गर्यो र ममाथि विश्वास गर्यो’, उनले भनेका छन् ।

 

प्रकाशित मिति : ५ असार २०८०, मंगलबार  ८ : २८ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले