३ फाल्गुन २०८२, आइतबार | February 15, 2026

नेपाल स्काउट लुम्बिनी प्रदेशको स्थापना दिवसको अवसरमा प्रदेश स्तरीय नृत्य प्रतियोगिता सम्पन्न



बुटवल । नेपाल स्काउट लुम्बिनी प्रदेशले ७२ औं स्थापना दिवसको अवसरमा प्रदेश स्तरीय नृत्य प्रतियोगिता सम्पन्न गरेको छ ।

नृत्य प्रतियोगितामा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट २२ टिमको सहभागिता रहेको थियो । जसमा माउण्ड भ्याली प्रथम, प्रगती स्काउट दोस्रो, नविन स्काउट तेस्रो भएका छन् । रामपुर स्काउट सान्तवना भएको छ । उत्कृष्ट प्रथम द्धितिय र तृतिय स्थान हासिल गर्नेलाई नगदसहित मेडल प्रमाण पत्र र मायांको चिनोबाट प्रदान गरिएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि लुम्बिनी प्रदेशका सांसद तथा पूर्व मन्त्री भोजप्रसाद श्रेष्ठले नेपाल स्काउटले राष्ट्र निमार्णमा महत्पूर्ण भुमिका खेलेको बताउदै स्काउट क्षेत्रलाई फराकिलो बनाउनु पर्ने बताए । पछिल्लो समय स्काउटले शिक्षाको क्षेत्रमा खेलेको भुमिका महत्पूर्ण भएकाले स्काउटको क्षेत्रलाई फराकिलो बनाउन सरकारले सहयोग गर्नुपर्नेमा जोड दिए ।

नेपाल स्काउट लुम्बिनी प्रदेश संयोजक दिननाथ भट्टराईले नेपाल स्काउट लम्बिनी प्रदेशले विगतदेखि नै सामाजिक क्षेत्रमा महत्वपूर्ण कार्यक्रम गदै आएको बताए । एक विद्यालय एक स्काउट, एक पालिका एक स्काउट अभियानलाई देशभर अगाडी बढाउन आवश्यक रहेको बताए ।

शुखी नेपाली समृद्ध नेपाललाई साकार पार्न नेपाल स्काउट निरन्तर लागेको बताए । उनले कोभिड १९ को सयमा निरन्तर काम गर्ने स्काउटरहरुलाई कोभिड १९ पदक तथा विभुषणबाट सम्मान गरिएको बताए । आगामि स्थापना दिवस मनाउदा अत्याधिक विद्यालयहरुमा स्काउटको युनिटहरु विस्तार गर्ने लक्ष्य लियको बताए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका पूर्वनगर प्रमुख शिवराज सुवेदी, बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा अर्याल पूर्वउपप्रमुख गोमादेवी आचार्य, सिद्धार्थ नगरपालिका उपमेयर उमा अधिकारी समाजसेवी राजेन्द्र ढकाललगायते बोल्दै स्काउले सामाजिक खलेको भूमिका महतवपूर्ण रहेको बताउंदै आगमी दिनमा पनि रचनात्मक कार्यक्रम गर्न आग्रह गरे ।

कार्यक्रम नेपाल स्काउट लुम्बिनी प्रदेश संयोजक दिनानार्थ भट्टराईको अध्यक्षयता, तारा पुरीको सञ्चालन र रुपन्देही जिल्ला इन्चार्ज भरत अर्यालको स्वागतमा कार्यक्रम भएको हो । कार्यक्रममा लुम्बिनी प्रदेशका १२ वटा जिल्लाका ८ सय भन्दा बढि स्काउटरको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ५ असार २०८०, मंगलबार  ७ : २१ बजे

टी-२० विश्वकपमा भारत-पाकिस्तान भिडन्त : टस जितेर पाकिस्तानद्वारा पहिले बलिङको निर्णय

काठमाडौं । आईसीसी टी-२० विश्वकपअन्तर्गत क्रिकेट जगतकै सबैभन्दा चर्चित प्रतिस्पर्धामध्ये

उद्योग, समाजसेवा र राजनीतिमा उभिएको व्यक्तित्व : चुन्नप्रसाद शर्मा पौडेल

बुटवल । समयको प्रवाहसँगै धेरै मानिसहरू जन्मन्छन् र हराउँछन्, तर

अधिकांश दलले सार्वजनिक गरे निर्वाचन घोषणापत्र

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने अधिकांश राजनीतिक

दलहरूलाई निर्वाचन आयोगको ६४ बुँदे निर्देशन – प्रचारदेखि आचारसम्म कडाइ

काठमाडौं । निर्वाचन आयोग ले फागुन २१ गते हुने निर्वाचनलाई

रुकुमको समग्र विकासका लागि उम्मेदवार बनेर आएँ : प्रचण्ड

रुकुमपूर्व। नेपाली कम्युनिष्ट पार्टी का संयोजक पुष्पकमल दाहाल प्रचण्डले पुथा