२९ पुस २०८१, सोमबार | January 14, 2025

गोरखामा पहिरामा पुरिएर एक पुरुषको मृत्यु



गोरखा । गोरखामा पहिरामा पुरिएर एक पुरुषको मृत्यु भएको छ । जिल्लाको सिरानचोक गाउँपालिका–७, सिम्ले घर भएका ८५ वर्षका सुकबहादुर सार्कीको पहिरामा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) लिलाराज लामिछानेले जानकारी दिए ।

सोमबार घरबाट तल खहरे जान भनेर निस्केका सार्की घर नफर्किएपछि परिवारसहित आफन्तले खोजी गर्ने क्रममा आज अबेर सिरानचोक गाउँपालिका–७, स्थित र्भोले खोलामाथिको ठूलो पहिरामा परेको अवस्थामा उनको शव भेटिएको हो ।

“शव भेटिएको स्थान ठूलो भेल पर्ने ठाउँ रहेछ, मृतकको शवको प्रकृति हेर्दा पहिरामा परेको देखिन्छ”, उनलृ भने, “हिँड्दा बाटोबाट खसेर पहिरामा परेको हो वा भेलले बगाएर पहिरामा पु¥याएको हो भन्ने बारेमा यकिन हुन बाँकी छ ।”

घटनाको जानकारी प्राप्त भएलगत्तै इलाका प्रहरी कार्यालय जौवारीबाट प्रहरीको टोली अहिले घटनास्थलमा पुगिसकेको डिएसपी लामिछानेले जानकारी दिए । सार्की गाउँमा कटुवाल पेसा गर्दै आएका थिए । उनी घरबाट निस्किएलगत्तै सोही समयमा त्यस क्षेत्रमा ठूलो हावाहुरीसहित अत्यधिक वर्षा भएको स्थानीयले बताएका छन् ।

प्रकाशित मिति : ५ असार २०८०, मंगलबार  ९ : ३५ बजे

बाढीपहिरोबाट क्षतिग्रस्त सडक मर्मतमा तत्काल ध्यान दिन सरकारलाई अध्यक्ष प्रचण्डको आग्रह

सिन्धुपाल्चोक । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल

गुल्मीको अग्लुङ-प्युठान सीमामा जिप दुर्घटना, १२ जना घाइते

गुल्मी । गुल्मीमा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’ सम्पन्न

काठमाडौँ । नेपाली सेना र भारतीय सेना सम्मिलित संयुक्त सैनिक

मेयर कप भलिबल : उपाधिको लागि मणिमुकुन्द र गोलपार्क भिड्ने

बुटवल । माघे संक्रान्तिको अवसर पारेर बुटवलमा संचालन भएको प्रथम

विद्यालय परिषरमै सुरु भयो मदिरालय सहित बुटवल खाना महोत्सव तथा माघेसक्रान्ती मेला-२०८१ (फोटो फिचरसहित)

बुटवल । व्यापक आलोचनाका बीच बुटवलमा खाना महोत्सव तथा माघेसक्रान्ती