२ माघ २०८१, बुधबार | January 15, 2025

चीनबाट आईपुगे राष्ट्रियसभा अध्यक्ष, पाेखरामा गराए पहिलाे अन्तराष्ट्रिय उडान



काठमाडौं । चीनको राष्ट्रिय जनकंग्रेसको निमन्त्रणामा चीनको औपचारिक भ्रमणमा रहेका राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना आज स्वदेश फर्किएका छन् ।

नौ सदस्यीय संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन भ्रमणमा गएका अध्यक्ष तिमिल्सिना दश दिने भ्रमण पुरा गरि स्वदेश फर्किएका हुन ।

अध्यक्ष तिमिल्सिना नेतृत्वको नेपाली प्रतिनिधिमण्डल चीनको सिचुवान प्रान्तको छेन्दुबाट चार्टड विमान मार्फत आज बिहान ९.२५ बजे पोखरा बिमानस्थलमा आईपुगेका हुन । पोखरा विमानस्थलमा पहिलो अन्तराष्ट्रिय उडानका यात्रुका रुपमा आईपुग्नु हुने अध्यक्ष तिमिल्सिना नेतृत्वको प्रतिनिधी मण्डल र उडानमा सवार यात्रुुहरुलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले पोखरा बिमानस्थलमा स्वागत गरेका छन् ।

साथै, चार्टड गरिएको सो विमानमा चीनबाट नेपाल–चीन फ्रन्डसीप ड्रागन वोट फेस्टिभलमा सहभागी हुने खेलाडीहरु आएका छन् । पोखराको फेवातालमा असार ८ र ९ गते (२३–२४ जुन २०२३ )मा फेस्टिभल हुँदैछ ।

चीनको सहुलीयतपुर्ण ऋण सहयोगमा निर्माण भएको पोखरा अन्तराष्ट्रिय विमानस्थलमा चीनको सिचुवान एयरलायन्सले पहिलो उडान गरेको हो । अध्यक्ष तिमिल्सिना र चीनको राष्ट्रिय जनकंग्रेसको स्थायी समितिका अध्यक्ष चाओ लिजीका बिचमा भएको भेटवार्ताका क्रममा सिधा उडानको बिषय उठान भएपछि चीनले उडानको तयारी थालेको हो । अध्यक्ष तिमिल्सिनाले काठमाण्डौसहित पोखरा र गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल भैरहवामा समेत चीनका बिभिन्न शहरबाट सिधा उडान गर्न आग्रह गरेका छन् ।

अध्यक्ष तिमिल्सनाले भ्रमणका क्रममा बेइजिङमा चीनको राष्ट्रिय जन कांग्रेसको स्थायी समितिका अध्यक्ष चाओ लिजी, चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलनका अध्यक्ष वाङ हुनिङसँग भेटवार्ता गरेका थिए भने तिब्बतमा चीनियाँ कम्युनिष्ट पार्टी तिब्बतका पार्टी महासचिव वाङ चेङजुङ र सांघाईमा चीनको सांघाई म्युनिसिपल पिपुल्स कंग्रेस स्थायी समितिका अध्यक्ष डोङ युन्हुले शिष्टाचार भेट गरेका थिए ।

सबै भेटमा नाकामा सहजीकरण, सिधा उडान, भौतिक पुर्वाधार निर्माण सहित द्विपक्षीय सहयोग र सहकार्यका बिभिन्न पक्षमा छलफल भएका थिए ।

यसैगरी अध्यक्ष तिमिल्सिनाले  तिब्बतमा जुन १६ र १७ मा आयोजना भएको पाँचौ चीन तिब्बत पर्यटन तथा संस्कृति एक्स्पोलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गरेका थिए । भ्रमणको क्रममा प्रतिनिधिमण्डलले बेइजिङमा बाइदु ग्रुप, स्टेट ग्रिड कर्पोरेसन, संघाईमा साईयाक भोल्क्स्वाजेन न्यु इनर्जी उद्योग, सांघाई योजना प्रर्दशनी केन्द्र मानसरोवर लगायतका स्थलहरुको अवलोकन भ्रमणसमेत गरेको उनको सचिवालयले जानकारी दिएको छ ।

चीन भ्रमणमा रहेको प्रतिनिधिमण्डलमा प्रतिनिधि सभाका सदस्यहरु जीवन परियार, धवल शमशेर जंगबहादुर राणा,  प्रदिप यादव तथा  राष्ट्रिय सभाका सदस्यहरु उदयबहादुर बोहरा, दिपा गुरुङ र हरिराम चौधरी एबम अध्यक्ष तिमिल्सिनाका प्रमुख स्वकीय सचिव गोविन्द अकेला पौडेल र संघीय संसद सचिवालयका उपसचिव रामहरि थापा सहभागी छन् ।

प्रकाशित मिति : ६ असार २०८०, बुधबार  ९ : ३६ बजे

राष्ट्रपतिद्वारा अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन

रवि लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न आदेश

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई धरौटीमा

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि रास्वपा कार्यकर्ताद्वारा अदालत परिसरमा हातपात

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको विपक्षमा बहस गर्ने

समाजवादी मोर्चाले माघ १६ गते विशेष कार्यक्रम गर्ने

काठमाडौं । समाजवादी मोर्चाले राजधानी केन्द्रित कार्य्रकम गर्ने भएको छ

निर्माण व्यवसायीद्वारा आन्दोलनको घोषणा, अर्थमन्त्री भन्छन् : २८ मध्ये २२ अर्ब निकास भइसक्यो

काठमाडौं। सरकारले समयमा नै भुक्तानी नगरे पछि निर्माण व्यवसायीले आन्दोलनको