३१ बैशाख २०८१, सोमबार | May 13, 2024

लगातारको बिद्युत अनियमितताले बुटवलका होटल ब्यवसायी आन्दोलित



बुटवल । केहीदिन देखि लगातार बुटवल र यस आसपासका क्षेत्रहरु पटक पटक विद्युत अवरुद्ध हुन थालेपछि रुपन्देही होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ आन्दोलित बनेको छ । संघले लगातारको विद्येत अनियमितताका विषयमा बुधबार नेपाल बिद्युत प्राधिकरण कार्यालय, बुटवल वितरण केन्द्र र नयाँमिल वितरण केन्द्रमा ध्यानाकर्षण पत्र बुझाएको छ ।

रुपन्देही होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघका अध्यक्ष लेखनाथ भण्डारी सहित पदाधिकारीहरुले बुटवल वितरण केन्द्र पुगेर केन्द्रका प्रमुख कपिलराज पाण्डेलाई तथा नयाँँमिल वितरण केन्द्र पुगेर शाखा प्रमुख रितेश गुप्तालाई बुधबार ध्यानाकर्षण पत्र बुझाएको हो ।

बुटवलमा ध्यानाकर्षणपत्र बुझाउँदै रुपन्देही होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघका अध्यक्ष लेखनाथ भण्डारीले लगातार अघोषित लोडसेडिङको कारण होटल तथा रेष्टेरेन्ट ब्यवसायीहरु ठुलो समस्यामा परेको बताए । विद्युत अनियमितताले पर्यटन ब्यवसायमा सबैभन्दा ठूलो असर परेको उनले बताए । कोभिड संक्रमण, आर्थिक संकटसंगै लगातार विद्युतको समस्याको कारण समस्या आईपरेको बताउँदै उनले बजारमा थ्रि फेस लाईन जडान गरेको ठाँउमा समेत एक फेसमात्र आएको अवस्था रहेको जनाए ।

ध्यानाकर्षण पत्र बुझ्दै नेपाल विद्युत प्राधिकरण बुटवल वितरण केन्द्रका प्रमुख कपिलराज पाण्डेले कालिगण्डकीको उत्पादन कम हुँदा समस्या देखिएको जानकारी दिए । गर्मीका कारण अत्याधिक उपकरण प्रयोग हुँदा भोल्टेजको समस्या रहेको उनले दाबी गरे ।

प्राधिकरण, नयाँमिल वितरण केन्द्रका प्रमुख रितेश गुप्ताले विद्युत वितरण प्रणालीमा केहि कठिनाई रहेको स्वीकार गर्दै एकै रात १२ पटकभन्दा बढि ट्रिपिङ हुने समस्या देखिएको बताए ।

प्रकाशित मिति : ६ असार २०८०, बुधबार  ४ : ११ बजे

वैशाखमा आगलागी र वन डढेलोबाट २६ को मृत्यु

काठमाडौं । वैशाखमा अधिकतम् तापक्रममा वृद्धि भएसँगै मुलुकभर भएका आगलागी

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

विराटनगर ।‌ कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत मत

केजरीवाललाई मुख्यमन्त्रीबाट हटाउन माग गरेको रिट सर्वोच्चद्वारा खारेज

काठमाडौं । अरविन्द केजरीवाललाई दिल्लीको मुख्यमन्त्री पदबाट हटाउन माग गरेको

प्रधानमन्त्री भन्छन्- दलहरूबीच सहमति भइ सदन नियमित सञ्चालन हुन्छ

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो राजनीतिक गत्यावरोध

आगामी मनसुनमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना : मौसम विभाग

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी मनसुनमा देशका