१५ कार्तिक २०८३, आइतबार | November 1, 2026

हनी सिंहलाई ज्यानको धम्की



मुम्बई । भारतीय गायक तथा रयापर हनी सिंहलाई ग्याङस्टार गोल्डी बरारले ज्यानको धम्की दिएको छ । गोल्डी अहिले क्यानाडामा छन् ।

गोल्डीले हनीलाई एक धम्कीपूर्ण भ्वाइस सन्देश पठाएका छन् । सन्देश पाए पछि हनीले दिल्ली प्रहरीको विशेष सेलमा उजुरी दिएका छन् । हनीले उक्त भ्वाइस सन्देश प्रहरीलाई बुझाएका छन् । प्रहरीले गायकले दिएको उजुरीका आधारमा छानबिन सुरु गरिसकेको छ ।

गोल्डी बरार त्यही ग्याङस्टार हुन्, जसको नाम पञ्जाबी गायक सिद्धू मूसेवालाको हत्यामा जोडिएको थियो । गोल्डीले लरेन्स विश्वनोई जस्तो कुख्यात ग्याङस्टारसँग मिलेर सिद्धुको हत्याको योजना बनाएका थिए ।

हनीले सन् २००५ मा संगीतकारका रुपमा करियर सुरु गरेका थिए । धेरै हिट गीत र रयापबाट पहिचान बनाएका हनी लागुऔषधको लतमा फँसेका थिए । त्यसपछि उनलाई बाइपोलर डिसअर्डर भएको थियो ।

प्रकाशित मिति : ७ असार २०८०, बिहिबार  ८ : ०० बजे

नेपालगन्ज भन्सारबाट तीन महिनामा पाँच अर्ब २४ करोड राजस्व, लक्ष्य हासिल गर्न असफल

नेपालगन्ज । नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन

नेपालको पर्यटन विश्वमाझ पु¥याउन ‘टिकटक’सँग पर्यटन बोर्डको सहकार्य

काठमाडौँ । नेपालका पर्यटकीय गन्तव्यलाई अन्तरराष्ट्रिय सामाजिक सञ्जाललागतय विद्युतीय माध्यमबाट

राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ बनिन् मिसेस नेपाल वर्ल्ड

काठमाडौं । २१ प्रतिस्पर्धीलाई पछाडि पार्दै नेपाल राष्ट्र बैंककी उपनिर्देशक

सिक्टा सिँचाइ आयोजनाद्वारा उपभोक्ता किसानको लगत सङ्कलन

नेपालगन्ज । निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाले सिञ्चित क्षेत्रका

अम्बे स्टिल कम्पनीमा पुनः आगलागी, ८ मजदुर घाइते, २ जनाको अवस्था गम्भीर

नेपालगन्ज । अघिल्लो पटक आगलागी भएको १० औ दिनमा बाँकेको