१६ भदौ २०८३, मंगलबार | September 1, 2026

एघार महिनामा १३ खर्ब ३७ अर्ब व्यापारघाटा



काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को जेठ मसान्तसम्ममा नेपालले व्यहोरेको व्यापारघाटा रु १३ खर्ब ३७ अर्ब ३९ करोड पुगेको छ ।

भन्सार विभागले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको वैदेशिक व्यापारको तथ्याङ्कअनुसार ११ महिनामा मुलुकले कूल रु १४ खर्ब ८० अर्ब ९८ करोड बराबरको वस्तु आयात गर्दा रु एक खर्ब ४३ अर्ब ५८ करोड बराबरको मात्रै निर्यात गरेको हो ।

विभागको तथ्याङ्कअनुसार गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा वैदेशिक व्यापारको आँकडा घटेको छ । गत आर्थिक वर्षको जेठ मसान्तसम्मको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा आयात १६ दशमलव शून्य एक, निर्यात २२ दशमलव ७४ र कूल व्यापार १६ दशमलव ६५ प्रतिशतले घटेको छ । कूल वैदेशिक व्यापार घटेसँगै गत वर्षको तुलनामा व्याघार घाटा पनि १५ दशमलव २१ प्रतिशतले घटेको छ ।

यो अवधिमा मुलुकले कूल निर्यातको तुलनामा १० दशमलव ३१ गुणा धेरै आयात गरेको छ । त्यस्तै, कूल वैदेशिक व्यापारमा आयातको हिस्सा ९१ दशमलव १६ प्रतिशत र निर्यातको हिस्सा आठ दशमलव ८४ प्रतिशत रहेको छ ।

नेपालले सबैभन्दा बढी वैदेशिक व्यापार गर्ने छिमेकी मुलुक भारतसँग मात्र यो अवधिमा रु आठ खर्ब ३८ अर्ब ८५ करोड बराबरको व्यापार घाटा व्यहोरेको छ । जेठ मसान्तसम्ममा भारतबाट रु नौ खर्ब ३७ अर्ब ८३ करोडको सामान आयात हुँदा रु ९८ अर्ब ९७ करोड बराबरको मात्रै निर्यात भएको देखिन्छ ।

त्यस्तै, चीनबाट रु दुई खर्ब दुई अर्ब ३७ करोडको वस्तु आयात हुँदा रु एक अर्ब ५२ करोडको मात्र निर्यात भएको छ । जसकारण चीनसँगको व्यापारघाटा रु दुई खर्ब ८४ करोड बराबर छ । नेपालले धेरै व्यापार घाटा व्यहोरेका मुलुकहरूमा इन्डोनेसियासँग रु ३९ अर्ब ७५ करोड, संयुक्त अरब इमिरेट्ससँग रु ३० अर्ब ७४ करोड र अर्जेन्टिनासँग रु २३ अर्ब ४७ करोड रहेको छ ।

नेपालले धेरै व्यापार नाफा गरेका मुलुकमा डेनमार्क, नर्वे, अल्जेरिया, नाइजर, कम्बोडिया, उरुग्वेलगायत छन् । चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको वैदेशिक व्यापारको अवस्था हेर्दा नेपालले डेनमार्कसँग रु ४३ करोड ६० लाख, नर्वेसँग रु १० करोड १६ लाख र अल्जेरियासँग रु सात करोड २५ लाख व्यापार नाफा गरेको छ ।

जेठ मसान्तसम्ममा नेपालले सबैभन्दा बढी आयात गरेका वस्तु हेर्दा रु एक खर्ब ३७ अर्ब ६० करोडको डिजेल, रु ६१ अर्ब ३८ करोडको पेट्रोल र रु ५४ अर्ब ३२ करोडको एलपी ग्यास रहेको छ । त्यस्तै, रु ३४ अर्ब तीन करोडको कच्चा सोयाबिन तेल, रु २४ अर्ब ९७ करोडको कोइला र रु २४ अर्ब ६२ करोडको कच्चा पाम तेल आयात भएको छ ।

यही अवधिमा नेपालले धेरै निर्यात गरेका वस्तुको सूचीमा कार्पेट, पाम तेल, सोयाबिन तेल, अलैँचीलगायत छन । जेठ मसान्तसम्ममा नेपालले सबैभन्दा धेरै रु १० अर्ब ३२ करोडको कार्पेट निर्यात गरेको छ । त्यस्तै, रु १० अर्ब २१ करोडको प्रशोधित पाम तेल, रु आठ अर्ब ४७ करोडको प्रशोधित सोयाबिन तेल र रु सात अर्ब ७० करोडको अलैँची निर्यात गरेको भन्सार विभागको तथ्याङ्कबाट देखिन्छ ।

प्रकाशित मिति : ७ असार २०८०, बिहिबार  ९ : ३० बजे

भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै

काठमाडौं । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत

बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

काठमाडौं । विनाशकारी बाढीबाट विस्थापित भएका महिला तथा किशोरीको स्वास्थ्य

रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका-७ चिमखोलाका किसानले व्यावसायिक चौँरीपालन सुरु

मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु

मुस्ताङ । जिल्लाको स्याउ बगैँचामा धमाधम छिटो पाक्ने स्याउको ‘पोस्ट

‘डिएनए’ नमूना सङ्कलनपछि २८० शवको व्यवस्थापन

चितवन । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि त्रिशूली र