६ पुस २०८२, आइतबार | December 21, 2025

एघार महिनामा १३ खर्ब ३७ अर्ब व्यापारघाटा



काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को जेठ मसान्तसम्ममा नेपालले व्यहोरेको व्यापारघाटा रु १३ खर्ब ३७ अर्ब ३९ करोड पुगेको छ ।

भन्सार विभागले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको वैदेशिक व्यापारको तथ्याङ्कअनुसार ११ महिनामा मुलुकले कूल रु १४ खर्ब ८० अर्ब ९८ करोड बराबरको वस्तु आयात गर्दा रु एक खर्ब ४३ अर्ब ५८ करोड बराबरको मात्रै निर्यात गरेको हो ।

विभागको तथ्याङ्कअनुसार गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा वैदेशिक व्यापारको आँकडा घटेको छ । गत आर्थिक वर्षको जेठ मसान्तसम्मको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा आयात १६ दशमलव शून्य एक, निर्यात २२ दशमलव ७४ र कूल व्यापार १६ दशमलव ६५ प्रतिशतले घटेको छ । कूल वैदेशिक व्यापार घटेसँगै गत वर्षको तुलनामा व्याघार घाटा पनि १५ दशमलव २१ प्रतिशतले घटेको छ ।

यो अवधिमा मुलुकले कूल निर्यातको तुलनामा १० दशमलव ३१ गुणा धेरै आयात गरेको छ । त्यस्तै, कूल वैदेशिक व्यापारमा आयातको हिस्सा ९१ दशमलव १६ प्रतिशत र निर्यातको हिस्सा आठ दशमलव ८४ प्रतिशत रहेको छ ।

नेपालले सबैभन्दा बढी वैदेशिक व्यापार गर्ने छिमेकी मुलुक भारतसँग मात्र यो अवधिमा रु आठ खर्ब ३८ अर्ब ८५ करोड बराबरको व्यापार घाटा व्यहोरेको छ । जेठ मसान्तसम्ममा भारतबाट रु नौ खर्ब ३७ अर्ब ८३ करोडको सामान आयात हुँदा रु ९८ अर्ब ९७ करोड बराबरको मात्रै निर्यात भएको देखिन्छ ।

त्यस्तै, चीनबाट रु दुई खर्ब दुई अर्ब ३७ करोडको वस्तु आयात हुँदा रु एक अर्ब ५२ करोडको मात्र निर्यात भएको छ । जसकारण चीनसँगको व्यापारघाटा रु दुई खर्ब ८४ करोड बराबर छ । नेपालले धेरै व्यापार घाटा व्यहोरेका मुलुकहरूमा इन्डोनेसियासँग रु ३९ अर्ब ७५ करोड, संयुक्त अरब इमिरेट्ससँग रु ३० अर्ब ७४ करोड र अर्जेन्टिनासँग रु २३ अर्ब ४७ करोड रहेको छ ।

नेपालले धेरै व्यापार नाफा गरेका मुलुकमा डेनमार्क, नर्वे, अल्जेरिया, नाइजर, कम्बोडिया, उरुग्वेलगायत छन् । चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको वैदेशिक व्यापारको अवस्था हेर्दा नेपालले डेनमार्कसँग रु ४३ करोड ६० लाख, नर्वेसँग रु १० करोड १६ लाख र अल्जेरियासँग रु सात करोड २५ लाख व्यापार नाफा गरेको छ ।

जेठ मसान्तसम्ममा नेपालले सबैभन्दा बढी आयात गरेका वस्तु हेर्दा रु एक खर्ब ३७ अर्ब ६० करोडको डिजेल, रु ६१ अर्ब ३८ करोडको पेट्रोल र रु ५४ अर्ब ३२ करोडको एलपी ग्यास रहेको छ । त्यस्तै, रु ३४ अर्ब तीन करोडको कच्चा सोयाबिन तेल, रु २४ अर्ब ९७ करोडको कोइला र रु २४ अर्ब ६२ करोडको कच्चा पाम तेल आयात भएको छ ।

यही अवधिमा नेपालले धेरै निर्यात गरेका वस्तुको सूचीमा कार्पेट, पाम तेल, सोयाबिन तेल, अलैँचीलगायत छन । जेठ मसान्तसम्ममा नेपालले सबैभन्दा धेरै रु १० अर्ब ३२ करोडको कार्पेट निर्यात गरेको छ । त्यस्तै, रु १० अर्ब २१ करोडको प्रशोधित पाम तेल, रु आठ अर्ब ४७ करोडको प्रशोधित सोयाबिन तेल र रु सात अर्ब ७० करोडको अलैँची निर्यात गरेको भन्सार विभागको तथ्याङ्कबाट देखिन्छ ।

प्रकाशित मिति : ७ असार २०८०, बिहिबार  ९ : ३० बजे

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको