२८ भदौ २०८३, आइतबार | September 14, 2026

नेपाल वेस्ट इन्डिजसँग पराकिलो रनले पराजित



काठमाडौं । आइसिसी एकदिवसीय विश्वकप छनोट खेलमा नेपाल वेस्ट इन्डिजसँग १०१ रनले पराजित भएको छ । वेस्ट इन्डिजले दिएको ३४० रनको लक्ष्य पछ्याएको नेपालले ४९ दशमलव ४ ओभरमा अलआउट हुँदै २३८ मात्रै बनाउन सक्यो ।

यसअघि जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै तीन सय ३९ रनको योगफल बनायो ।

वेस्ट इन्डिजका कप्तान साइ होपले सर्वाधिक एक सय ३२ रनको योगदान दिए । उनले एक सय २९ बलमा १० चौका र तीन छक्का प्रहार गर्दै एक सय ३२ रनको योगदान दिएका हुन् । त्यस्तै निकोलस पुरनले एक सय १५ रन बनाए । उनले ९४ बलमा १० चौका र चार छक्कासहित एक सय १५ रनको योगफल बनाएका हुन । चौथो विकेटका लागि पुरन र होपले दुई सय १६ रनको दोहोरो शतकीय साझेदारी गरेका थिए ।

ब्रेन्डन किङ्गले ४२ बल खेल्दै दुई चौका र दुई छक्काको मद्दतमा ३२ रन जोडे । यस्तै रोभम्यान पावेलले तीन चौका र एक छक्काको सहयोगमा १४ बलमा २९ रन बनाए । वेस्ट इन्डिजका सुरुआती व्याट्सम्यान कायल मेयर्सलाई एक रनमा आउट भए भने जासोन होल्डरले अविजित १६ रन बनाए ।

बलिङतर्फ नेपालका ललित राजवंशीले तीन विकेट लिए भने करण केसी, गुलशन झा, सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले समान एकरएक विकेट लिए ।

नेपालका लागि आरिफ शेखले सर्वाधिक ६३ रन बनाए भने गुलशन झाले ४२, आशिफ शेख र करन केसीले समान २८ रन बनाए । साथै दीपेन्द्र ऐरीले २३ रन बनाउन सके भने अन्य ब्याटरले उल्लेखनीय योगदान दिन सकेनन् । वेस्ट इन्डिजका लागि जोसन होल्डरले तीन विकेट लिए भने अल्जारी जोसेफ, किमो पउल, अकेइल होसेइनले समान २र२ विकेट र काइले मायर्सले एक विकेट लिए ।

नेपाल यसअघि जिम्बावेसँग आठ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा नेपालले अमेरिकालाई छ विकेटले हराएको थियो ।

आजै भएको समूह चरणको अर्को खेलमा नेदरल्याण्ड्सविरूद्ध अमेरिकाले पाँच विकेटको जित निकालेको छ । अमेरिकाले दिएको २११ रनको लक्ष्य नेदरल्याण्ड्सले ४३ दशमलव २ ओभरमा पाँच विकेटको क्षतिमा पूरा गर्‍यो ।

जितसँगै नेदरल्याण्ड्स समूह तालिकामा तेस्रो स्थानमा उक्लिएको छ भने नेपाल चौथो स्थानमा झरेको छ । नेपालको अर्को खेल शनिबार नेदरल्याण्ड्सविरुद्ध हुनेछ ।

प्रकाशित मिति : ७ असार २०८०, बिहिबार  ९ : ४२ बजे

भोटेकोशी बाढीपीडितलाई रु सात लाख १५ हजार सहयोग

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौँ । नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

कृष्णभीरमा नयाँ ट्याक परीक्षण सफल

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध

छापा सञ्चारमाध्यम सिध्याउने दिशामा सरकार अघि बढेको छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान रास्वपा