२७ कार्तिक २०८२, बिहिबार | November 13, 2025

भेरी अस्पतालमा रेबिज विरुद्धको खोप अभाव



नेपालगन्ज । भेरी अस्पताल नेपालगञ्जमा झन्डै डेढ सातादेखि रेबिज विरुद्धको खोप अभाव भएको छ ।

अस्पतालले निःशुल्क उपलब्ध गराउँदै आएको खोप नपाएपछि बिरामीले अस्पताल बाहिरबाट खोप किनेर ल्याउन बाध्य भएको पीडितका आफन्तले जनाएका छन् । भेरी अस्पताल, नेपालगञ्जले एक सूचना प्रकाशन गर्दै अस्पतालबाट निःशुल्क उपलब्ध हुँदै आएको एन्टी रेबिज खोप हाल प्रदेश आपूर्ति केन्द्र र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा समेत स्टक नभएको जानकारी सेवाग्राहीलाई दिइएको छ । अस्पतालले सो खोप उपलब्ध नहुँदासम्म सेवाग्राहीलाई उपलब्ध गराउन नसकिने जनाएको छ ।

स्थानीयवासी सीता केसीले दुईजना मिलेर अस्पताल बाहिरबाट खोप लिएर छोरीलाई लगाएको जानकारी दिइन् । उनले निःशुल्क खोप पाइने भएकाले पैसासमेत नलिएर अस्पताल आएको उल्लेख गरिन् ।

भेरी अस्पतालका सूचना अधिकारी डा सङ्केतकुमार रिसालले जहाँबाट खोप आपूर्ति हुने हो त्यहाँबाट नै आपूर्ति नभएकाले अभाव भएको जानकारी दिँदै त्यसका लागि पहल भइरहेको बताए । उनले भने, “अस्पतालमा भएर नदिएको होइन, नभएकाले नै अस्पतालमा अभाव भएको हो ।”

अस्पताल प्रशासनका अनुसार सो खोप लगाउने बिरामी दैनिक एकसय हाराहारीमा अस्पताल आउने गर्छन् । सङ्घबाट प्रदेशमा आउने र प्रदेशबाट मात्रै अस्पतालमा खोप आउने बताइएको छ । कुकुरले टोकेकोलगायतका अवस्थामा सो खोप लगाइने गरिन्छ ।

प्रकाशित मिति : ७ असार २०८०, बिहिबार  १० : ४५ बजे

राष्ट्रिय परिचयपत्र भएका नेपालीले घर/कार्यस्थलबाटै मतदाता नामावली दर्ता गर्न सक्ने

काठमाडौँ। मतदाता नामावलीमा समावेश हुन अव आयोग अन्तर्गतको कार्यालयमा जान

‘युवा पुस्तालाई मतदानको अवसर प्रदान गर्न मतदाता नामावली ऐन संशोधन गरिएको हो ’

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले तोकिएकै समयमा निर्वाचन सम्पन्न गरी

गुल्मीमा आजदेखि सातामा चार पटक हवाई उडान सुरु

गुल्मी । रेसुङ्गा विमानस्थलमा आजदेखि सातामा चार पटक हवाई उडान

बुटवलमा एमालेले शनिबार जनसभा गर्दै

बुटवल । नेकपा एमालेले आगामी शनिबार देशभरका जिल्लाहरूमा जनसभा गर्दै